आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

सूर्य थापाको आक्रोश : पत्रकारले प्रधानमन्त्रीलाई ‘तपाईँ हिटलर हो भनेर सोधे’

सोमबार, ०५ फागुन २०८१, १३ : ३३
सोमबार, ०५ फागुन २०८१

काठमाडौँ । प्रतिनिधिसभा सदस्य सूर्य थापाले पत्रकारले जथाभावी प्रश्न सोधेको भन्दै आक्रोश पोखेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले मिडिया व्यवस्थापन संसदको कस्तो छवि बनाउने भन्ने विषयसँग अभिन्न रुपमा जोडिएको बताए । 

‘सांसदहरुलाई कस्तो प्रश्न सोध्ने ? ती प्रश्न कानुन बमोजिम हुनुपर्छ कि पर्दैन ? ती प्रश्नमा गाली गलौज या पेड मिडियाको भूमिका खेल्नेगरी कसैद्वारा परिचालित ढंगले आरोपित ढंगले प्रश्न गर्न पाइन्छ कि पाइँदैन ?’ उनले प्रश्न गरे । 

आइतबार संसदबाट बाहिरिने क्रममा प्रधानमन्त्रीलाई लक्षित गरेर सोधिएको प्रश्नप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले बताए । ‘ प्रम प्रश्नोत्तर कार्यक्रमबाट बाहिरिँदा तपाईं हिटलर हो भनेर प्रश्न गरियो । नेपालको संसदले बनाएको प्रधानमन्त्री हिटलर हुन्छ सभामुख महोदय ?’, उनले भने । 

संसद सचिवालयको अनुमतिले रिपोर्टिङमा आएका मिडियाले संविधान, कानुन, पत्रकार आचारसंहिता, सामाजिक शिष्टाचारलाई ध्यान नदिई यस्ता गैरजिम्मेवार प्रश्न सोध्न मिल्छ कि मिल्दैन ? भनेर उनले प्रश्न गरे ।

उनले आफूलाई पनि एकजना मिडियाकर्मीले बुम तेर्स्याएर ‘तपाईं हनुमान हो’ भनेर प्रश्न गरेको थापाले बताए । ‘सांसदहरुलाई यस्ता प्रश्न गर्न पाइन्छ कि पाइँदैन ? म यो गम्भीरतापूर्वक ध्यानाकर्षण गर्न चाहान्छु’, उनले भने ।

उनले संसदमा प्रश्नोत्तरका क्रममा आजपाका सांसद प्रभु साहले प्रधानमन्त्रीलाई अधिकारको दुरुपयोग गरेर प्रश्न गरेको समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप