कुम्भमेलामा स्नान गर्न गएका तिर्थालुको गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु

बुटवल । रुपन्देहीको देवदहबाट भारतको कुम्भमेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीय दिपा खनाल र ४० वर्षिया गीता शर्मा रहेका छन् ।
कुम्भमेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा परी सवारी चालकसहित पाँच जना घाइते भएका छन् । देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले ३ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको रातोपाटीलाई बताए ।
उनले भने, ‘पूर्व वडाध्यक्ष पनि अर्को गाडीमा जानुभएको रहेछ । उहाँका अनुसार दुर्घटनामा मृत्यु भएकाहरुका बारेमा थाहा पाएको हौँ । अन्य कुरा बुझ्ने काम हुँदैछ ।’
दुर्घटनामा घाइते हुनेहरूमा देवदह–९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले ३ जनाको मृत्यु भएको भारतीय प्रहरीले पुष्टि गरेको जानकारी दिए । घटनाको विस्तृत विवरण बुझ्ने काम भइरहेको उनले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन