प्रतिनिधिसभामा राष्ट्रियसभाको चर्चा, पन्तले भने– राष्ट्रियसभा वृद्धाश्रम होइन, पाकाहरुको सदन हो

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभाको सवाल उठेको छ । सोमबारको बैठक सुरु हुनासाथ आकस्मिक समयमा बोल्दै सांसद रघुजी पन्तले राष्ट्रियसभा कुनै वृद्धाश्रम नभएको बरु पाकाहरुको सदन भएको बताए ।
‘हाम्रो संविधानले दुई सदनीय संसदीय प्रणाली अंगीकार गरेको छ। दुई सदनका बीचमा द्वन्द्व उत्पन्न भयो भने यसले संसदीय व्यवस्थालाई असर गर्छ’, उनले भने, ‘एउटा सदनको सांसदले बोलेको कुरा अर्को सदनले खेद प्रस्ताव पारित गर्ने परिस्थिति आउनु आफैँमा दुखद हो ।’
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रियसभा वृद्धाश्रम भएको भन्दै टिप्पणी गरेपनि आइतबार राष्ट्रियसभाले खेद प्रस्ताव पारित गरेको थियो । सोही सम्बन्धमा बोल्दै पन्तले आपसी द्वन्द्वले संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजार बनाउने बताए ।
‘राष्ट्रियसभा वृद्धाश्रम होइन तर राष्ट्रियसभा भनेको पाकाहरुको सदन हो । यो सदनलाई वृद्धाश्रम भनेर बेइज्जत गर्ने काम गर्न हुँदैन। एकअर्कालाई सम्मान गर्ने हो । अहिले जसरी जसरी एक मान्यको कुरामा खेद प्रस्ताव आएको छ त्यो दुखद छ’, उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वनस्पति क्षेत्रको थप विकास र व्यवस्थापन गर्न जरुरी छ : वनमन्त्री ठकुरी
-
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ८५ हजार पुग्यो
-
दैलेखमा तीन महिने शिशु अपहरण: एक महिला पक्राउ
-
काठमाडौँ ल्याउनुअघि दुर्गा प्रसाईंलाई जिप्रका झापा लगियो
-
पहिलो पटक भियतनाम, मलेसिया कम्बोडियाको भ्रमणमा जाँदैछन् सी जिनपिङ
-
एक दर्जन बढी कानुन खारेज गर्न उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव