तीन आधारमा माओवादी नेताहरूको जिम्मेवारी
_8mVWFIbZLW.jpg)
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा विचार एवं सिद्धान्तको महत्वलाई उपेक्षा गर्ने प्रवृत्ति बढ्दै गएको तथा वैचारिक सैद्धान्तिक स्खलन भइरहेको निष्कर्ष निकालेका छन् । पुस २३ मा सम्पन्न केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक दस्ताबेजमा क्रान्तिकारी सिद्धान्तविना क्रान्ति हुन नसक्ने सत्यलाई गहिरोसँग आत्मसात् गर्नुपर्ने आवश्यक रहेको प्रचण्डले औँल्याएका छन् ।
‘आज पार्टीमा विचार एवं सिद्धान्तको महत्वलाई उपेक्षा गर्ने प्रवृत्ति बढदै गएको छ र वैचारिक सैद्धान्तिक स्खलन भइरहेको छ । त्यसैले यतिबेला पार्टीका निम्ति विचारको महत्वलाई आत्मसात् गर्नु, पार्टीको विचारधारात्मक राजनीतिक कार्यदिशालाई एकरूप ढंगले पक्रनु र विचारको विकासको दिशामा अग्रसर हुनु अत्यन्त आवश्यक छ’, बैठकले पारित गरेको दस्ताबेजमा उल्लेख छ ।
अध्ययन, छलफल र वैचारिक अभियानलाई क्रान्तिकारी पार्टी जीवनको अभिन्न अंग बनाउनु पर्नेमा उनले जोड दिएका छन् । प्रचण्डले केन्द्रीय पार्टी स्कुल व्यवस्थितरुपमा निरन्तर सञ्चालन गर्नु पर्ने, पाठ्यक्रम, पाठ्यसामग्रीहरूको तयारी र नियमित पार्टी स्कुलको सञ्चालनलाई प्राथमिकताको विषय बनाई ठोस कार्य योजनाका साथ अघि बढ्नुपर्ने, प्रदेशस्तरमा पनि पार्टी स्कुल नियमित रूपमा सञ्चालन गर्नु पर्नेमा जोड दिएका छन् ।
माओवादीले वैचारिक र सैद्धान्तिक पक्षलाई ध्यानमा दिएर यसपटक पार्टीका केन्द्रीय विभाग, केन्द्रीय जनवर्गीय संगठन तथा मोर्चाहरूको कार्य विभाजनमा समूहगत र क्षेत्रगत आधार तयार गरिएको छ । जसअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू र महासचिवसम्मका पदाधिकारीहरूलाई राजनैतिक, वैचारिक कामका साथै नीति निर्माणसम्बन्धी विभाग र मोर्चाहरूका जिम्मेवारीमा केन्द्रित गरिएको छ । जनप्रतिनिधि रहेका केही पदाधिकारी कमरेडहरूलाई मूलतः नीति निर्माण सम्बन्धी विभागहरूमा केन्द्रित गरिएको छ । उपमहासचिव, सचिव, स्थायी समिति सदस्यहरू र केन्द्रीय सदस्यहरूलाई प्रदेशहरूको जिम्मेवारीमा केन्द्रित गरिएको छ ।
- यस्तो छ वैचारिक सैद्धान्तिक कामलाई अघि बढाउने प्रमुख कार्य :
१. वैचारिक र नीतिगत रूपमा स्पष्ट हुनुपर्ने विषयहरूमा केन्द्रीय कार्यशाला गोष्ठीहरूको आयोजना गर्ने ।
२. वैचारिक र नीतिगत कामहरूमा विभागहरूलाई सक्रिय बनाउने ।
३. कम्युनिस्ट आन्दोलन बाहिरबाट पार्टी प्रवेश गर्ने कमरेडहरू तीन महिनाभित्र निर्धारित पार्टी स्कुलमा अनिवार्यरुपमा सहभागी हुनुपर्ने ।
४. हरेक संगठित सदस्यहरूले कम्तीमा वर्षमा एकपटक पार्टी स्कुलमा प्रशिक्षार्थीको रूपमा सहभागी हुनुपर्ने ।
५. युवा विद्यार्थी संगठनहरुले आन्तरिक रूपमा र बाह्य पक्षहरूलाई समेत सहभागी गराई वैचारिक चेतनास्तर उन्नत बनाउन मद्दत पुग्ने गरी लेख, वक्तृत्वकला, वादविवाद र हाजिरीजवाफ प्रतियोगिता जस्ता कार्यक्रम आयोजना गर्ने ।
६. आजको मार्क्सवाद र वैज्ञानिक समाजवादसँग सम्बन्धित विषयहरूमा स्पष्ट हुने गरी विचारको विकास गर्न पार्टी नेतृत्वले अध्ययन अनुसन्धान प्रक्रियालाई गम्भीर रूपमा अघि बढाउने ।
७. सन २०२५ मा मार्क्सको जन्मजयन्तीको अवसरमा आजको भूमण्डलीकृत पुँजीवाद, साम्राज्यवाद र समाजवादी क्रान्तिको विषयमा अन्तर्राष्ट्रिय विचार गोष्ठीको आयोजना गर्ने ।
८. केन्द्रीय समितिको बैठक सम्पन्न भएपछि लगत्तै सबै प्रदेशहरूमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने । प्रशिक्षण अभियानलाई सेलसम्म पुर्याउने । समय समयमा राजनीतिक प्रशिक्षण कार्यक्रमहरू आयोजना गर्ने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’