आज अधिकतम तापक्रम २८ डिग्रीसम्म पुग्ने
सोमबार, ०५ फागुन २०८१, १२ : २०

काठमाडौँ । आज जनकपुर, सिमरा, धनगढी र वीरेन्द्रनगरमा सबै भन्दा बढी तापक्रम हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यी क्षेत्रमा अधिकतम २८ डिग्रीसम्म पुग्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार ती चार क्षेत्रको अधिकतम तापक्रम २५–२८ डिग्री सेल्सियस छ भने न्यूनतम तापक्रम ६–१५ डिग्री सेल्सियस छ ।
महाशाखाका अनुसार सबैभन्दा कम ताप्क्रम जोमसोम र ताप्लेजुङमा हुने देखिन्छ। यहाँको तापक्रम अधिकतम ८ देखि १० डिग्री सेल्सियस रहेको छ भने न्यूनतम तापक्रम माइनस २ देखि ४ डिग्री सेल्सियस रहेको छ । यहाँ अहिले हिउँ परिरहेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो नियन्त्रण
-
बालाजु औद्योगिक क्षेत्रमा भएको आगलागी नियन्त्रणको प्रयास जारी, तस्बिरहरू
-
टेस्टट्युब बेबी
-
सामाजिक सुरक्षा कोष र सुनसरीको दुहबी नगरपालिकाबिच सम्झौता
-
विद्यालय शिक्षा विधेयक : शिक्षा उपसमितिमा परिच्छेद १४ सम्म सहमति जुट्यो
-
वीरगञ्जमा साँझदेखि कर्फ्यु लगाउने तयारी