आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

सुरुमै औषधी सेवन गरे हात्तीपाइले रोगबाट बच्न सकिन्छ : स्वास्थ्य मन्त्रालय

सोमबार, ०५ फागुन २०८१, ११ : ३०
सोमबार, ०५ फागुन २०८१

काठमाडौँ । हात्तीपाइले रोग मानिसलाई शारीरिक रूपमा अशक्त तथा अपाङ्गता बनाउने एक सरुवा रोग हो । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको लामो समय पछि मात्र यस रोगका असरहरू जस्तै हात खुट्टा, स्तन र अण्डकोष सुन्निने जस्ता देखिने हुन्छ । यो रोगको लक्षण देखिसकेपछि निको पार्न नसकिने चिकित्सक बताउँछन् । 

साथै, यस रोगबाट सङ्क्रमित धेरैजसो बिरामीमा लक्षण देखिँदैन, तर सङ्क्रमित व्यक्तिबाट समुदायका अन्य मानिसहरूलाई समेत रोग सर्ने सम्भावना रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसकारण हात्तीपाइले रोगबाट बच्न र प्रारम्भिक अवस्थामा नै पूर्ण रूपमा निको हुनका लागि यस रोग विरुद्धको औषधी सेवन एक मात्र उपाय रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप