बिहीबार, ०८ फागुन २०८१
ताजा लोकप्रिय
राजनीति

आन्तरिक गुटबन्दी अन्त्य भए २०८४ को निर्वाचनमा कांग्रेस–एमालेलाई परास्त गर्न सकिन्छ : पोखरेल

सोमबार, ०५ फागुन २०८१, १९ : ०३
सोमबार, ०५ फागुन २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले नेपालको अग्रगामी परिवर्तनको प्रमुख समस्या गठबन्धन भएको जिकिर गरेका छन् । २०८४ को निर्वाचनमा माओवादीले एकल रूपमा भाग लिनेगरी तयारी गरेको समेत पोखरेलले दाबी गरे ।

 सबैभन्दा ठुलो चुनौती कांग्रेस–एमाले गठबन्धन रहेको भएपनि पार्टीभित्रको गुटबन्दी अन्त्य गरी एकताबद्ध भएर जान सकिए गठबन्धनलाई परास्त गर्न सकिने उनको जिकिर छ । माओवादीले चुनाव जित्ने आधार वामपन्थी ध्रुवीकरण, समाजवादी मोर्चा, सुशासन, सामाजिक न्याय र समृद्धिको एजेन्डा रहेको रातोपाटीसँग उनले बताए ।

‘पहिलो कुरा नेपालको अग्रगामी दिशामा परिवर्तन र उपलब्धिको कोणबाट रक्षा गर्न एउटा समस्या गठबन्धन हो । त्यसकारण एकल ढंगले हामी चुनावमा जान्छौँ । त्यसकै कारण उपनिर्वाचनमा सकारात्मक सन्देश जनताले दिएका छन् । अर्को वामपन्थीबिच एकता वा सहकार्य नगर्ने विषय पनि होइन । त्यसलाई पनि ध्यान दिनुपर्छ’, उनले भने, ‘अलिकति पार्टीभित्र गुटबन्दीका समस्याले अप्ठ्यारो बनाएको छ । गठबन्धन र गुटबन्दीलाई चिर्दै वामपन्थीसँग सहकार्य गर्दै अगाडि गइयो भने एउटा आधार बन्छ । कांग्रेस–एमालेको अंकगणीतीय पक्ष छ । गठबन्धन गरेर चुनाव लडेको पनि हामीले नजिकबाट हेरेका छौँ । सरकारमा हुने बित्तिकै राम्रो हुन्छ भन्ने छैन ।’

अब माओवादीको ध्यान सहरी क्षेत्रतिर रहेकाले सोही अनुसार नेताहरू जिम्मेवारी दिएको पोखरेलले जानकारी दिए । स्थानीय तह उपनिर्वाचनमा मोरङको ग्रामथानको परिणाम, कीर्तिपुरमा प्राप्त गरेको दोस्रो स्थान आगामी निर्वाचनका लागि सकारात्मक सन्देश भएको उनको भनाइ छ ।

‘सहरी क्षेत्रमा पनि ठिक ढंगले काम गर्‍यौँ भने यसले विकल्प खोजी राखेको छ भन्ने कुरा सानो संकेत हो । पहिलाको चार महिने अभियान, पछिल्लो संगठन निर्माण र अब चलाउने अभियान सहर केन्द्रित दिशातर्फ जान्छ’, पोखरेलले भने, ‘अहिले कार्य विभाजन गर्दा पनि फोकस सहर केन्द्रित छ । जिम्मेवारी दिने पनि त्यही ढंगले हुन्छ । एक निर्वाचन क्षेत्र भएको पहाडी क्षेत्र र दुई वा तीन निर्वाचन क्षेत्र भएकाबिच फरक भइहाल्छ । अहिले जनताले सुशासन खोजी राखेका छन् । त्यो कोणबाट प्राथमिकतामा परिसक्यो ।’

२०८४ को निर्वाचनमा माओवादी प्रमुख कार्यभारका रूपमा पूर्व–पश्चिम, उत्तर–दक्षिण राजमार्ग केन्द्रित अभियान, संगठन सुदृढीकरण तथा विस्तार, वामपन्थी ध्रुवीकरण तथा एकता, माओवादी नेतृत्वको सरकारले ल्याएको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई जनस्तरमा प्रचार गर्ने, समुदायमा आधारित समाजवाद, प्रविधि र युवा मैत्री पार्टी निर्माण मुख्य कार्यभार रहेको उनले बताए ।

यस्तै उनले पार्टीको महाधिवेशन २०८४ को निर्वाचन अगाडि नै सम्पन्न हुने बताए । पछिल्लो केन्द्रीय समिति बैठकले नै पहिलो ६ महिना जनतासँग माओवादी अभियान सञ्चालन गर्ने र अर्को ६ महिनामा महाधिवेशनको तयारी गर्ने निर्णय गरिसकेकाले आम निर्वाचनअघि नै महाधिवेशन सम्पन्न हुने स्पष्ट पारे ।     नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले नेपालको अग्रगामी परिवर्तनको प्रमुख समस्या गठबन्धन भएको जिकिर गरेका छन् । २०८४ को निर्वाचनमा माओवादीले एकल रूपमा भाग लिनेगरी तयारी गरेको समेत पोखरेलले दाबी गरे । सबैभन्दा ठुलो चुनौती कांग्रेस–एमाले गठबन्धन रहेको भएपनि पार्टीभित्रको गुटबन्दी अन्त्य गरी एकताबद्ध भएर जान सकिए गठबन्धनलाई परास्त गर्न सकिने उनको निष्कर्ष छ । माओवादीले चुनाव जित्ने आधार वामपन्थी ध्रुवीकरण, समाजवादी मोर्चा, सुशासन, सामाजिक न्याय र समृद्धिको एजेन्डा रहेको उनले बताए ।

‘पहिलो कुरा नेपालको अग्रगामी दिशामा परिवर्तन र उपलब्धिको कोणबाट रक्षा गर्न एउटा समस्या गठबन्धन हो । त्यसकारण एकल ढंगले हामी चुनावमा जान्छौँ । त्यसकै कारण उपनिर्वाचनमा सकारात्मक सन्देश जनताले दिएका छन् । अर्को वामपन्थीबिच एकता वा सहकार्य नगर्ने विषय पनि होइन । त्यसलाई पनि ध्यान दिनुपर्छ’, उनले भने, ‘अलिकति पार्टीभित्र गुटबन्दीका समस्याले अप्ठ्यारो बनाएको छ । गठबन्धन र गुटबन्दीलाई चिर्दै वामपन्थीसँग सहकार्य गर्दै अगाडि गइयो भने एउटा आधार बन्छ । कांग्रेस–एमालेको अंकगणीतीय पक्ष छ । गठबन्धन गरेर चुनाव लडेको पनि हामीले नजिकबाट हेरेका छौँ । सरकारमा हुने बित्तिकै राम्रो हुन्छ भन्ने छैन ।’

अब माओवादीको ध्यान सहरी क्षेत्रतिर रहेकाले सोही अनुसार नेताहरू जिम्मेवारी दिएको पोखरेलले जानकारी दिए । स्थानीय तह उपनिर्वाचनमा मोरङको ग्रामथानको परिणाम, कीर्तिपुर प्राप्त गरेको दोस्रो स्थान आगामी निर्वाचनका लागि सकारात्मक सन्देश भएको उनको भनाइ छ ।

‘सहरी क्षेत्रमा पनि ठिक ढंगले काम गर्‍यौँ भने यसले विकल्प खोजी राखेको छ भन्ने कुरा सानो संकेत हो । पहिलाको चार महिने अभियान, पछिल्लो संगठन निर्माण र अब चलाउने अभियान सहर केन्द्रित दिशातर्फ जान्छ’, पोखरेलले भने, ‘अहिले कार्य विभाजन गर्दा पनि फोकस सहर केन्द्रित छ । जिम्मेवारी दिने पनि त्यही ढंगले हुन्छ । एक निर्वाचन क्षेत्र भएको पहाडी क्षेत्र र दुई वा तीन निर्वाचन क्षेत्र भएकाबिच फरक भइहाल्छ । अहिले जनताले सुशासन खोजी राखेका छन् । त्यो कोणबाट प्राथमिकतामा परिसक्यो ।’

२०८४ को निर्वाचनमा माओवादी प्रमुख कार्यभारका रूपमा पूर्व–पश्चिम, उत्तर–दक्षिण राजमार्ग केन्द्रित अभियान, संगठन सुदृढीकरण तथा विस्तार, वामपन्थी ध्रुवीकरण तथा एकता, माओवादी नेतृत्वको सरकारले ल्याएको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई जनस्तरमा प्रचार गर्ने, समुदायमा आधारित समाजवाद, प्रविधि र युवा मैत्री पार्टी निर्माण मुख्य कार्यभार रहेको उनले बताए ।

यस्तै उनले पार्टीको महाधिवेशन २०८४ को निर्वाचन अगाडि नै सम्पन्न हुने बताए । पछिल्लो केन्द्रीय समिति बैठकले नै पहिलो ६ महिना जनतासँग माओवादी अभियान सञ्चालन गर्ने र अर्को ६ महिनामा महाधिवेशनको तयारी गर्ने निर्णय गरिसकेकाले आम निर्वाचनअघि नै महाधिवेशन सम्पन्न हुने स्पष्ट पारे ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप