बिहीबार, ०८ फागुन २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्दै

सोमबार, ०५ फागुन २०८१, १० : ३०
सोमबार, ०५ फागुन २०८१

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्न लागेका छन् । प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । 

बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्नेगर बैठक बस्ने कार्यसूची प्रकाशन गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्वोधनका लागि निमन्त्रण गरेका थिए । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको हो ।

 यस अघि २०७५ साल वैशाख १६ गते तत्कालीन पाँच नम्बर प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीकै हैसियतमा ओलीले विशेष सम्बोधन गरेका थिए ।

प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन पछि उनले घोराहीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप