अमेरिका र रुसबीच हुने वार्तामा युक्रेनलाई बोलाइएन

रियाद । युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच हुने वार्तामा युक्रेनलाई आमन्त्रित नगरिएको समाचारमा उल्लेख छ ।
युक्रेनका लागि अमेरिकी विशेष राजदूत किथ केलगले सोमबार साउदी अरबमा हुने वार्तामा युक्रेनले भाग लिने बताएका थिए । तर, युक्रेन सम्बद्ध एउटा स्रोतले त्यहाँ कुनै पनि प्रतिनिधिमण्डल उपस्थित नहुने बताएको छ ।
यसअघि, ह्वाइट हाउसका मध्यपूर्व प्रतिनिधि स्टिभ विटकफले आइतबार साउदी अरेबियाको भ्रमण गर्ने पुष्टि गरेका थिए ।
उनको भ्रमणको उद्देश्य युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसबीचको पहिलो वार्ता हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युद्ध अन्त्य गर्ने बारेमा फोनमा कुरा गरेका छन् ।
यसपछि उनले छलफल अगाडि बढाउन दुवै जना चाँडै भेट्ने बताएका थिए । युक्रेन र युद्धको बारेमा छलफल तीव्र भएको छ ।
तर, ट्रम्प र पुटिनबीचको यो कुराकानीपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनलाई समावेश नगराइएको कुनै पनि सम्झौता स्वीकार नगर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियाली सेयर बजार रक्ताम्मे
-
शिक्षकहरूको मागअनुरुप विद्यालय शिक्षा ऐन पारित गर्न कांग्रेसको माग
-
दुई जना किशोरी बलात्कृत
-
अध्यादेशमार्फत ऐन बनाउने सरकारले शिक्षकका मागलाई बेवास्ता गर्नु निन्दनीय : माओवादी केन्द्र
-
सञ्चालनमा आयो हेटौँडा सिमेन्ट उद्योग, मंगलबारबाट क्लिङ्कर उत्पादन थाल्ने
-
रवि लामिछाने भैरहवा कारागारको चार नम्बर ब्लकमा