अमेरिकामा अत्यधिक चिसोले १० जनाको मृत्यु

वासिङ्टन डिसी । अमेरिकामा अत्यधिक चिसोका कारण १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये नौ जना केन्टकीका रहेका छन् । अर्का एक जना जर्जियाको भएङ्को बताइएको छ ।
चिसोकै बीच ती स्थानमा भारी वर्षा भएको बताइएको छ । केन्टकीका गभर्नर एन्डी बेशियरले आइतबार बाढीमा फसेका सयौँ मानिसहरूलाई सुरक्षित स्थानमा सार्नु पर्ने बताएका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले राज्यको लागि विपद् घोषणा गरेका छन् । योसँगै संघीय आपतकालीन व्यवस्थापन एजेन्सीलाई राज्यभर राहत प्रयास सुरु गर्ने अधिकार मिलेको छ ।
धेरै मृत्युहरू कार पानीमा फसेका कारण भएको थियो भनिएको छ । यसरी मर्नेमा एक आमा र उनको ७ वर्षीय सन्तान पनि थिए । स्थिति प्रतिकूल रहेकोले बेशियरले मानिसहरूलाई सडकमा ननिस्कन भनेका छन् ।
मौसमविद्हरूका अनुसार केन्टकी र टेनेसीमा वर्षाले अवस्था झनै बिगारेको छ । राष्ट्रिय मौसम सेवाका वरिष्ठ पूर्वानुमानकर्ता बब ओराभेकले केन्टकी र टेनेसीका केही भागहरूमा ६ इन्चसम्म वर्षा भएको बताए । वर्षाका कारण धेरै नदीहरू भरिभराउ भएको र बाढी आइरहेको बताइएको छ ।
शनिबार दिउँसो, टेनेसीको रिभासको सानो समुदायमा बाँध भत्कियो र वरपरका क्षेत्रहरू डुबानमा परेको थियो । मानिसहरूलाई बचाउन अग्निनियन्त्रक अधिकारीहरू उद्धार कार्यमा संलग्न हुनुपरेको थियो। बाँध भत्किनुभन्दा केही घण्टा अघि राष्ट्रिय मौसम सेवाले अचानक बाढी आउने चेतावनी जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र महतोलाई ताप्लेजुङवासीले देखाए कालोझण्डा, समाज भाँड्न लागेको आरोप
-
बेलायत आएका एक विद्यार्थी तीन सातादेखि सम्पर्कविहीन
-
बलात्कारपछि हत्या गरिएकी प्रशिक्षार्थी डाक्टरका बुवाआमाले अझै पाएनन् मृत्यु दर्ता प्रतिलिपि
-
सिड्नीमा रुचाइयो काँडेतार, निर्माता खड्का सम्मानित
-
‘कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व हो’
-
बागमती गोल्ड कप : थ्री स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाइनलमा