शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

नर्भिकमा फागुनभर हरेक बुधबार निःशुल्क लिभर ओपीडी

सोमबार, ०५ फागुन २०८१, १० : १४
सोमबार, ०५ फागुन २०८१

काठमाडौँ । नर्भिक इन्टरनेशनल अस्पतालले फागुन महिनाभर हरेक बुधबार निःशुल्क लिभर ओपीडी सञ्चालन गर्ने भएको छ । 

निःशुल्क लिभर ओपीडीमा कन्सल्ट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट, क्लिनिकल एण्ड ट्रान्सप्लान्ट हेपाटोलोजिस्ट डा. शेखर पौडेल र कन्सल्ट्यान्ट हेपाटोलोजिस्ट डा. पुकार थापाले सेवा दिनेछन् । निःशुल्क ओपीडीमा आउने बिरामीलाई डाक्टरद्वारा सिफारिस गरिएका परीक्षणमा २० प्रतिशत छुट हुने पनि अस्पतालले जनाएको छ ।  

निःशुल्क लिभर ओपीडी सेवा लिनका लागि अस्पतालको फोन नम्बर ०१–५९७००३२ तथा ह्वाट्स एप एवं भाइबर नम्बर ९७७–९८२३८८४४८८ मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप