गाजासम्बन्धी ट्रम्पको योजनामा हिँड्ने भए नेतान्याहु, अरब देशहरू असहज

तेल अभिभ । इजरायल र हमासबीच जारी युद्धविराम सम्झौताको बिचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी छलफलको विषय बनेको छ । यसैबिच, इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले गाजाबाट प्यालेस्टिनीहरूलाई हटाउने ट्रम्पको प्रस्तावलाई समर्थन गरेका छन् ।
ट्रम्पको प्रस्तावलाई गाजाको राम्रो भविष्यको लागि एक मात्र व्यावहारिक योजनाको रूपमा उनले वर्णन गरेका छन् । पहिले नै आलोचनाको सामना गरिरहेको यो योजनालाई नेतान्याहूको समर्थन पछि अरब देशहरूमा विरोध प्रदर्शनको बढ्दो डरको सामना गर्नु परिरहेको छ ।
नेतान्याहूले अमेरिकी विदेशमन्त्री मार्काे रुबियोसँग यस योजनाबारे छलफल गरेका थिए । हमासलाई समाप्त पार्नु पर्ने हमासबारे इजरायलको भनाइलाई समर्थन गर्दै रुबियोल भनेका थिए ।
इजरायलले गाजामा हमासलाई पराजित गरेपछि प्यालेस्टिनीहरूको पुनःस्थापनाको लागि यो योजना बनेको हो । तर यसको आलोचना पनि भइरहेको छ । यो योजना प्यालेस्टिनीहरूलाई जबर्जस्ती बाहिर निकाल्ने कार्य भएको अधिकार समूहहरूले बताइरहेका छन् ।
- युद्धविरामपछि पनि पुनः युद्ध सुरु गर्न तयार छ इजरायल
गाजाबाट बसाइसराइ स्वैच्छिक हुनुपर्ने नेतन्याहुको भनाइ छ । तर यसको बाबजुद पनि धेरै मानिसहरूले यसलाई जबरजस्ती मानिरहेका छन् । गाजाको लागि आफू र ट्रम्पको दृष्टिकोण समान भएको नेतन्याहुको भनाइ थियो । गाजामा १६ महिनाभन्दा लामो समयदेखि युद्ध जारी छ । नेतान्याहुले युद्धविराम पछि पुनः सुरु हुने लडाइँको लागि आफू तयार रहेको पनि बताएका छन् ।
हमास रहँदासम्म शान्ति असम्भव भएको यसलाई समाप्त पार्नै पर्ने रुबियोको भनाइ छ । ट्रम्पको उद्देश्य अरब देशहरूलाई उनीहरूको युद्धपछिको योजना लागू गर्न दबाब दिनु भएको र यसले इजरायललाई स्वीकार्य समाधान प्रदान गर्ने। पनि उनले बताए ।
गाजामा युद्धविरामको लागि दोस्रो चरणको वार्ता चाँडै सुरु हुने चर्चा पनि छ ।, यस चरणमा हमासले प्यालेस्टिनी कैदीहरूको रिहाइ, स्थायी युद्धविराम र इजरायली सेना फिर्ताको बारेमा छलफल गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन
-
‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा
-
९१ वटा कृषि फार्म र सहकारीलाई तीन करोड अनुदान