सेती प्रादेशिक अस्पतालमा कार्यरत डाक्टरमाथि आक्रमण
सोमबार, ०५ फागुन २०८१, ०९ : २७

धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा कार्यरत डाक्टरमाथि आक्रमण भएको छ। सोमबार बिहान ४ बजेतिर आईसीयूमा बिमारीलाई चेकजाँच गरेर फर्किने क्रममा डाक्टर वेदप्रकाश पन्तमाथि आक्रमण भएको प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराका अनुसार धनगढी–उपमहानगरपालिका–१३ का ४६ वर्षीय रमतरन राना प्रेसरको बिमारी थिए। उनको आईसीयूमा उपचार भइरहेको थियो। रानालाई चेकजाँच गरेर फर्किने क्रममा उनका छोरा २४ वर्षीय कृष्ण रानाले डाक्टर पन्तमाथि हातपात गरेका हुन्।
डाक्टर पन्तमाथि हातपात गर्ने कृष्णलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कृष्णको मानसिक अवस्था कमजोर भएका कारण हातपात गरिएको भन्ने बुझिएको डिएसपी बोहराले बताए। घटनाबारे अनुसन्धान भइरहेको छ। डाक्टर पन्तको मुखमा सामान्य चोट लागेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेमालमा बस दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु
-
शव नेपाल ल्याएसँगै प्रकृति लम्सालको अन्त्येष्टि
-
युक्रेनी मुद्दामा ट्रम्पसँग कसरी ‘डिल’ गर्ने भन्नेमै विभाजित छ युरोप
-
ब्रिटिस कोलम्बियाको सरेमा मोबाइल कन्सुलर क्याम्प
-
दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ताको शपथ आज
-
तीन वर्षभित्र भूमि समस्या समाधान गर्ने आयोगको प्रतिबद्धता