बिहीबार, ०८ फागुन २०८१
ताजा लोकप्रिय

हेटौँडा मातातीर्थ सडक चैत २१ सम्म बन्द

सोमबार, ०५ फागुन २०८१, ०७ : २१
सोमबार, ०५ फागुन २०८१

हेटौँडा । हेटौँडा हुँदै काठमाडौँ जोड्ने छोटो दूरीको देउराली फाखेल मातातीर्थ सडक करिब डेढ महिना बन्द हुने भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत पर्ने उक्त सडक मर्मतका लागि बन्द गरिने भएको हो ।

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ ले एक सूचना प्रकाशित गर्दै देउराली मातातीर्थ खण्डमा निर्माण र स्तरोन्नति गर्नुपर्ने भएकाले उक्त सडक खण्डमा फागुन ४ गतेदेखि चैत २१ गते सम्म सवारी आवागमनमा बन्द हुने जानकारी दिएको छ । उक्त मार्ग बन्द रहने भन्दै वैकल्पिक मार्ग अपनाउन समेत वडा कार्यालयले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप