पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी सुरु

कास्की । पर्यटकीय राजधानी पोखरामा आइतबारदेखि दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र ‘काठमाडौँ ट्रिएनाले’द्वारा आयोजित प्रदर्शनी पाँच दिनसम्म चल्नेछ । नयाँ बजारस्थित पोखरा आर्ट ग्यालरीमा सुरु भएको प्रदर्शनीमा ८० चित्र प्रदर्शनीमा राखिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले जानकारी दिए ।
गण्डकी प्रदेशस्तरीय यस प्रदर्शनीबाट उत्कृष्ट ठहरिएका कलाकारका चित्रलाई काठमाडौँमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी गराइने उनले बताए । प्रदर्शनीमा अनुजदेखि स्थापित भइसकेका कलाकारका चित्रकलालाई समावेश गरिएको छ । सृजनशील कलाकार समूह, कास्कीसँगको सहकार्य सञ्चालित उक्त प्रदर्शनीको बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिनेछ । समूहका अध्यक्ष डिबी गुरुङले गत वर्षदेखि प्रदेशस्तरमा ललितकला प्रदर्शनीको आयोजना हुन थालेको बताए ।
सातै प्रदेशबाट छनोटमा परेका कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिने नेपाल ललितकला प्रतिष्ठानले जनाएको छ । प्रादेशिक ललितकला प्रदर्शनीमा सबै विधाबाट उत्कृष्ट हुने एक जनालाई रु ५० हजारको पुरस्कार प्रदान गरिने भएको छ ।
चित्रकलातर्फ परम्परागत र समसामयिक चित्रकला, मूर्तिकलातर्फ परम्परागत लोक मूर्तिकला र समसामयिक आधुनिक मूर्तिकला, शिल्पकला–हस्तकला, विद्यार्थी ललितकला प्रादेशिक पुरस्कार गरेर एक÷एक जनालाई र लोककला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलातर्फ दुई जनालाई पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ । विधागत पुरस्कारको राशि रु ३० हजार रहेको छ ।
राष्ट्रिय प्रदर्शनीमा सहभागी भई सर्वोत्कृष्ट बन्नेले रु एक लाख र विधागत रूपमा उत्कृष्ट बन्ने कलाकारले रु ६० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । प्रदर्शनीको अवलोकन गर्दे गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पोखरा आर्ट ग्यालरीलाई व्यवस्थित र सुविधा सम्पन्न बनाउन प्रदेश सरकारले पहल गर्ने बताए । उनले ललितकलाको विकासका लागि प्रदर्शनीले टेवा पुग्ने धारणा राखे ।
प्रदर्शनीको शुभारम्भका क्रममा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’, उपकुलपति गोरे गुरुङलगायत कला क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो । प्रदर्शनीमा विभिन्न कलाकारले तयार पारेका मूर्त/अमूर्त चित्रकला राखिएको छ । प्रदर्शनीको प्रवर्द्धन नेपाल पर्यटन बोर्डले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिक र अशक्तका लागि निःशुल्क घरदैलो स्वास्थ्य सेवा
-
रातोपाटी ब्रिफिङ : पाथीभरा क्षेत्र फेरि अशान्तदेखि सशस्त्रका तीन एसएसपी डीआइजी बढुवाका लागि सिफारिससम्म
-
रिंकु सदा मृत्यु प्रकरण : बलात्कार र मिलापत्र आरोपमा ८ जनामाथि मुद्दा
-
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
-
ट्रम्प ‘विश्वको सम्राट’ बन्न चाहनुहुन्छ : राष्ट्रपति लुला
-
धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीको अस्थायी जुक्ति