गार्डनरको अलराउन्ड प्रदर्शनमा गुजरातको पहिलो जित

वडोदरा । एस्ले गार्डनरको अलराउन्ड प्रदर्शनको मद्दतले महिला प्रिमियर लिगमा गुजरात जायन्ट्सले पहिलो जित हात पारेको छ । आइतबार राति भएको खेलमा टोलीले यूपी वारियर्सलाई ६ विकेटले हराएको हो ।
यूपीले प्रस्तुत गरेको १४४ रनको लक्ष्य गुजरातले १२ बल बाँकी छँदै मात्र ४ विकेटको क्षतिमा पछ्यायो । गुजरातको जितमा कप्तान गार्डनरले अर्धशतकीय इनिङ्स खेलिन् । उनले मात्र ३२ बलमा ५ चौका र ३ छक्का हिर्काउँदै ५२ रन जोडिन् ।
त्यस्तै, हर्लिन देओलले नटआउट रहँदै ३४ रन बनाइन् भने उनलाई डिएन्ड्रा डोटिनले नटआउट रहेर ३३ रन बनाउँदै राम्रो साथ दिइन् । ओपनर लाउरा वोलभार्टडले २२ रनको योगदान दिइन् ।
यूपीका लागि सोफी एक्लेस्टोनले २ विकेट लिइन् भने ग्रेस ह्यारिस र ताहिला म्याकग्राथले १–१ विकेट लिइन् ।
यसअघि पहिले ब्याटिङ गरेको यूपीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४३ रन बनाएको थियो । कप्तान दीप्ति शमाले सर्वाधिक ३९ रन बनाइन् । त्यस्तै, उमा क्षेत्रीले २४ तथा एलाना किंगले १९ रन रन जोडिन् ।
गुजरातका लागि प्रिया मिश्राले ३ विकेट लिइन् । डोटिन र गार्डनरले २–२ विकेट तथा काश्वी गौतमले १ विकेट हात पारिन् ।
२ खेलपछि गुजरातको यो पहिलो जित हो । यूपी भने आफ्नो पहिलो खेलमा नै पराजित भएको छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म
-
युट्युबर गंगा लामा पक्राउ