इटहरी गोल्डकपः एनआरटीलाई हराउँदै सगरमाथा सेमिफाइनलमा

सुनसरी । न्यूरोड टिम एनआरटी फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सगरमाथा युथ क्लब १५औँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्ट्स इटहरी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
इटहरी रङ्गशालामा भएको दोस्रो क्वाटरफाइनलमा छैटौँ मिनेटमा सगरमाथाका खेलाडी रिचार्डले गोल गरेका थिए । सो गोल नै निर्णायक बन्न पुग्यो । विदेशी खेलाडी रिचार्ड नै आजको खेलको म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार नगद प्राप्त गरे । फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीको सहभागिता छ । सोमबार तेस्रो क्वाटरफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब र झापा–११ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित १० लाख र उपविजेताले नगद पाँच लाख लाख पुरस्कार पाउने छन् । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले एक लाख, प्रत्येक खेलको म्यान अफ दी म्याच हुने खेलाडीले १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २० हजार प्राप्त गर्ने छन्भने सर्वाधिक गोलकर्ता खेलाडीले नगद २५ हजार पाउने आयोजक राष्ट्रिय जागृति क्लबका प्रतियोगिता संयोजक अनुरोध थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपी पक्राउ
-
‘कर्णालीमा आउन सचिवको लहर चलेको भनेर एमाले महासचिवले फन्टुस कुरा गरे’
-
कोशी प्रदेश योजना बैंकमा दैनिक हजार बढी योजना ‘इन्ट्री’
-
कसैलाई हिरासतमा थुनेर जनताको निराशा हटाउन सकिन्न : जनार्दन शर्मा
-
अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो
-
ट्रम्पको गतिविधि हेरेर छक्क परेर बस्ने छुट हामीलाई छैन