शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वंशजको नागरिकता जसले पाएको छ, उसको नागरिकता क्यान्सिल गर्नु हुँदैन : ज्ञानेन्द्र शाही

आइतबार, ०४ फागुन २०८१, २२ : ४५
आइतबार, ०४ फागुन २०८१

काठमाडौँ । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले वंशजको नागरिकता जसले पाएको छ उसको नागरिकता क्यान्सिल गर्न नहुने बताएका छन् । आइतबार गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफलका लागि पेस गरेको प्रस्तावउपर छलफलका क्रममा शाहीले एक पटकको नेपाली सदाको नेपाली हुनुपर्ने बताए । 

‘वंशजको आधारमा ज–जसले नागरिकता पाएका छन् । विदेशको नागरिकता लिए पनि तिनीहरूको नागरिकता क्यान्सिल गर्नु हुँदैन । किनकि तिनैका पुर्खाले बनाएको देश हो यो । र, आज हामी त्यही इतिहासमा उभिएर नेपालको सांसद, प्रधानमन्त्री र गृहमन्त्री भएको हो’, उनले भने ।

उनले जब जब देशमा क्रान्ति नाममा व्यवस्था परिवर्तन हुन्छ त्यसपछि वंशजको नागरिकता पाउनेको खोस्ने सरकारले विदेशीलाई चाहिँ नागरिकता बाँड्ने सौदाबाजी गर्ने गरेको जिकिर गरे । 

आज एनआरएनएहरूले नेपालमा खर्बौँ लगानी गर्न चाहिरहे पनि नेपालको नागरिकता समेत नहुँदा समस्या भएको उनले  बताए । ‘नागरिकता दिएको छ खास्टो, जसले फेरि नि भिसा लगाउनुपर्छ ।  संसारको कुन देशमा हुन्छ हो त्यस्तो ?’, उनले भने, ‘नागरिकता पनि दिने भिसा पनि लगाउने ?’

यसअघि विनोद कुँवरसहितका गैर आवासीय नेपालीहरूको एक समूहले शाहीलाई यसबारे ध्यानाकर्षण समेत गराएको थियो ।   

सोही छलफलमा अर्का सांसद योगेश भट्टराईले पनि गैर आवासीय नेपालीहरूको संबिधान प्रदत्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोजनको विषय उठाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप