हलेसी बजारमा आगलागी
३ वटा होटल र लघुवित्तको कार्यालयमा पूर्ण क्षति, दमकलबिना आगो निभाइँदै
आइतबार, ०४ फागुन २०८१, २१ : ४५

काठमाडौँ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–७ स्थित हलेसी बजारमा फैलिएको आगोका कारण ३ वटा होटल पूर्ण रूपमा जलेका छन् । स्थानीय पदम राईको हार्डवेयरबाट आगो फैलिएको आगोका कारण सो हार्डवेयरसहित ३ होटल र निर्धन उत्थान लघुवित्तको कार्यालय पूर्ण रूपमा क्षति भएको खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले रातोपाटीलाई बताए ।
कल्याण होटल र होटल हलेदी दर्शनसहित ३ वटा होटल जलेका छन् । दमकलको अभावमा ट्याङ्करको पानी र जेसीबीको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको प्रजिअ कार्कीले जानकारी दिए । प्रजिअ कार्की र डीएसपी प्रतीक विष्ट आगलागी भएको बजारमा पुगेका छन् । कार्कीले भने, ‘आगो नियन्त्रण उन्मुख छ, मानवीय क्षति भएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभु साहले मागे प्रधानमन्त्री ओलीको राजीनामा
-
गणतन्त्रवादीको संयमता : समाजवादी मोर्चाको विरोधसभा शन्तिपूर्ण
-
दुर्गा प्रसाईं फरार
-
पूर्वराजा समर्थक स्वागत नेपालसहित थप ३ जना पक्राउ
-
मन्त्रिपरिषद् बैठक : शुक्रवारको घटनाको सत्यतथ्य छानविन गर्न गृह मन्त्रालयलाई निर्देशन
-
Breaking News : नवराज सुवेदी घरमै नजरबन्द