बिहीबार, ०८ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : प्रधानमन्त्री ओलीलाई १० सांसदको प्रश्नदेखि पार्टी एकताका लागि चार नेता सक्रियसम्म

आइतबार, ०४ फागुन २०८१, २२ : ००
आइतबार, ०४ फागुन २०८१

 आज २०८१ फागुन ४ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा प्रधानमन्त्री ओलीलाई १० सांसदको प्रश्न, जलनबाट घाइते मन्त्री र पोखरा महानगरप्रमुखको अवस्था सुधारोन्मुख, पार्टी एकताका लागि चार नेता सक्रिय, देउवाले भनेझैँ कांग्रेस कार्यसमितिको कार्यकाल २०८६ सम्म लम्बिएला ?, अध्यादेश निर्णयार्थ पेस गर्नु एक साता अघि सूचना दिन सत्ता पक्षका प्रमुख सचेतकको माग, आफूले जितेका पालिकालाई नमूना बनाउने माओवादीको तयारी लगायत छन् ।

१. प्रधानमन्त्री ओलीलाई १० सांसदको प्रश्न
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार प्रतिनिधि सभा बैठकमा १० सांसदले विभिन्न प्रश्न गरेका छन् । तीमध्ये ९ सांसदका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिए । एक सांसदको प्रश्नमा भने प्रधानमन्त्री ओलीले जवाफ दिएनन् ।

२. जलनबाट घाइते मन्त्री र पोखरा महानगरप्रमुखको अवस्था सुधारोन्मुख
जलनबाट घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । उनीहरूलाई भेट्न र स्वास्थ्य अवस्थाबारे जानकारी लिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायत अस्पतालमा पुगेका छन् । 

३. पार्टी एकताका लागि चार नेता सक्रिय
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिच पार्टी एकताका लागि होमवर्क भइरहेको छ । यसका लागि दुवै पार्टीका दुई–दुई गरी चार नेता सक्रिय देखिएका छन् ।

४. देउवाले भनेझैँ कांग्रेस कार्यसमितिको कार्यकाल २०८६ सम्म लम्बिएला ?
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार आफ्नै निवास बुढानीलकण्ठमा भेला भएका आफू पक्षीय नेताहरूसँग पार्टीको १५ औँ महाधिवेशन २०८६ मा गर्दा उपयुक्त हुने बताए । देउवाले भनेझैँ महाधिवेशन २०८६ सम्म सार्न सम्भव छ ? यसबारे रातोपाटीले तयार पारेको रिपोर्ट– 

५. अध्यादेश निर्णयार्थ पेस गर्नु एक साता अघि सूचना दिन सत्ता पक्षका प्रमुख सचेतकको माग
सरकारले ल्याएका अध्यादेश निर्णयार्थ प्रस्तुत गर्न एक साता अगाडि तयारीका लागि आफूहरूले सूचना पाउनुपर्ने प्रमुख सचेतकहरूले बताएका छन् । आइतबार बिहान सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको सत्ता पक्षीय राष्ट्रिय सभा र प्रतिनिधि सभाका प्रमुख सचेतकहरूको बैठकले अध्यादेश निर्णयार्थ प्रस्तुत गर्न एक साता अगाडि आफूहरूलाई सूचना दिन आग्रह गर्ने निर्णय गरेको हो । 

६. आफूले जितेका पालिकालाई नमूना बनाउने माओवादीको तयारी
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले आफूले जितेको स्थानीय तहलाई नमुनाको रूपमा विकास गर्ने गरी तयारी थालेको छ । भर्खर सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार माओवादीले फागुन १० गते काठमाडौँमा जनप्रतिनिधिहरूको राष्ट्रिय भेला बोलाएको हो ।

७. वैदेशिक रोजगारीमा जाने बढे, बढेन रेमिट्यान्स
वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो छ । यद्यपि, त्यस अनुसार रेमिट्यान्स बढ्न सकेको छैन । अवैध तरिकाले रकम भित्र्याउने क्रम नरोकिएकाले रेमिट्यान्समा प्रभाव परेको छ । यसबारे रातोपाटीले तयार पारेको स्पेशल रिपोर्ट–

८. वाणिज्य बैंकहरूको कर्जा वृद्धि ५.६२ प्रतिशत
चालु आर्थिक वर्ष २०८१/०८२ को सात महिना (साउनदेखि माघसम्म) मा वाणिज्य बैंकहरूले ५.६२ प्रतिशतले कर्जा वृद्धि गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको सात महिनामा वाणिज्य बैंकहरूले निक्षेपको तुलनामा कर्जा वृद्धि गरेका हुन् ।

९. २२ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी
चालु आर्थिक वर्षको सात महिनामा यातायात व्यवस्था विभागले एक लाख ६९ हजार ४३९ थान स्मार्ट लाइसेन्स (सवारी चालक अनुमतिपत्र) छापेको छ । पछिल्लो समय करिब २२ लाख थान लाइसेन्स छापेर वितरण गर्न बाँकी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

१०. हरित यातायात विकास गर्ने उद्देश्यसहित राष्ट्रिय यातायात नीति ल्यायो सरकारले
सरकारले राष्ट्रिय यातायात नीति, २०८१ ल्याएको छ । कार्बन उत्सर्जनमा कमी ल्याउँदै प्रतिकूल वातावरणीय प्रभाव न्यूनीकरण हुने गरी जलवायु परिवर्तन अनुकूलनसहितको उत्थानशील र हरित यातायात प्रणालीको विकास गर्ने लगायतका उद्देश्य यो नीतिको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप