खोटाङको हलेसी बजारमा आगो फैलियो, डीएसपीको टोली घटनास्थलमा
आइतबार, ०४ फागुन २०८१, २१ : १३

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–७ स्थित हलेसी बजारमा आगो फैलिएको छ । स्थानीय पदम राईको हार्डवेयरबाट आगो फैलिएको प्रदेश प्रहरी कार्यालय कोशीका एसएसपी भीम दाहालले रातोपाटीलाई बताए ।
आगो निभाउन जिल्लाबाट डीएपी प्रतीक विष्ट नेतृत्वको टोली र सशस्त्र प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको छ । साँझ ७ बजे सुरु भएको आगलागी अन्य घरहरूमा पनि फैलिन लागेको एसएसपी दाहालले जानकारी दिए ।
सुरक्षाकर्मीहरूले आगो निभाउने प्रयास गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति
-
दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
-
१५ अङ्कले घट्याे नेप्से परिसूचक, सात अर्ब ५७ करोडको कारोबार
-
३० हजार घुस लिएको आरोपमा सई खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका सिंहको उपचारका क्रममा मृत्यु
-
साना तथा मझौला उद्योगको आईपीओमा किन परेन आवेदन ?