आफैँले बर्खास्त गरेका कर्मचारीलाई पुनः भर्ती गर्दै अमेरिका

वासिङ्टन डीसी । अमेरिकी सरकारले आफैँले कामबाट निकालेका कर्मचारीहरूलाई पुनः काममा राख्ने कोशिस गरिरहेको छ ।
बर्खास्तीका कारण देशको राष्ट्रिय सुरक्षा नै चौपट हुने हो कि भन्ने पीर बढ्दै गएपछि सरकारले आणविक सुरक्षा कर्मचारीलाई पुनः भर्ती गर्न लागेको अमेरिकी सञ्चारमाध्यमहरूले बताएका छन् ।
ऊर्जा मन्त्रालयबाट सयौँ कर्मचारीलाई कामबाट निकालिएको पत्र दिइएको थियो । राष्ट्रिय आणविक सुरक्षा प्रशासन (एएनएसए)का कामदारहरू यीनैमध्ये थिए । यो विभागले अमेरिकाको परमाणु हतियारको डिजाइन तयार पार्ने, निरीक्षण गर्ने र सञ्चिति बढाउने काम गर्दै आएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संघीय सरकारको खर्च कम गर्न संघीय कार्यबलबाट ठुलो संख्यामा कर्मचारी घटाइरहेका छन् ।
जनवरी २० मा कार्यभार सम्हालेको पहिलो दिनदेखि नै उनले यो अभियान तीव्र पारेका छन् । कुर्सीमा बसेको एक महिना पुगिनसक्दै सरकारले हजारौँ कर्मचारीलाई इमेल, भिडियोलगायत माध्यमबाट बर्खास्त गरेको सूचना दिइसकेको छ ।
सरकारले एनएनएसएका ३०० भन्दा बढी कर्मचारीलाई पनि हटाएको अमेरिकी सञ्चार माध्यमले बताएका छन् । बिहीबार गरिएको कर्मचारी कटौतीमा परमाणु हतियार बनाउने केन्द्रका कर्मचारी पनि भएको सीएनएनले एउटा समाचारमा भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामीले सरकार बनाउने र ढाल्ने खेलमा बढी समय दियौँ, अब वर्गतिर फर्किन्छौँ : प्रचण्ड
-
भ्रमणबाट नेपाल र थाइल्याण्डबिचको आपसी सम्बन्ध नयाँ उचाइमा: प्रधानमन्त्री ओली
-
भुँइचालो गएको यतिका दिनपछि पनि म्यानमारमा ढल्दैछन् घरहरू
-
राष्ट्रिय सहकारी नियमन प्राधिकरण कस्तो हुनुपर्छ ?
-
पार्टीको झण्डा ओढाएर बोहराको अन्तिम बिदाइ, तस्बिरहरू
-
फिलिपिन्सलाई २० थान एफ–१६ फाइटर जेट बेच्दैछ अमेरिका