भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री राणाबिच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय विदेश मन्त्री एस जयशंकरबिच ओमनमा भेटवार्ता भएको छ । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका मन्त्रीद्वय बिच आइतबार साइडलाइन भेटवार्ता भएको हो ।
दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाउन उनीहरुबिच कुराकानी भएको बताइएको छ । नेपालको विकासमा भारतले गरेको निरन्तर सहयोगका लागि आफूले भारतीय विदेशमन्त्री जयशंकरलाई धन्यवाद दिएको मन्त्री राणाले बताइन् । व्यापार पारवहन र जलस्रोत विकास लगायतका विषयमा नेपाल–भारतबिच भएको प्रगतिका लागि आफूले धन्यवाद दिएको उनले बताइन् ।
लामो युरोप भ्रमणपछि गत पुस ४ गते भारत पुगेकी परराष्ट्रमन्त्री राणासँग भारतीय पक्षका कसैले भेट्न मानेका थिएनन् । त्यतिबेला परराष्ट्रमन्त्री राणाले विदेशमन्त्री एस जयशंकरसँग पनि भेट्ने प्रयास गरेकी थिइन् तर भेट्न उनले मानेका थिएनन् ।
परराष्ट्रमन्त्री आरजु उच्चस्तरीय भेटघाट बिना भारतबाट नेपाल फर्केकी थिइन् । फर्केको दुई महिनापछि ओमनमा विदेशमन्त्री जयशंकरसँग उनले भेट गरेकी हुन् ।
परराष्ट्रमन्त्री राणाले आजै कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीसँग पनि भेटेकी थिइन् । सो भेटमा उनले हमासको कब्जामा रहेको विपिन जोशीको रिहाका लागि पहल गर्न आग्रह गरेकी थिइन् ।
त्यसैगरी मन्त्री राणाले आजै संयुक्त अरब इमिरेटस (युएइ)का विदेश, अर्थ, तथा व्यवपार मामिलासम्बन्धी राज्यमन्त्री अहमद अली अल सायेघलेसँग पनि भेटेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराई मधेस जागरण अभियान पुनः सुरू भयोः अध्यक्ष दाहाल
-
प्रधानमन्त्रीले भेटे थाइल्याण्डका राजा
-
कर्मचारी स्थायी गर्न गण्डकी विश्वविद्यालयलाई उच्चको तगारो, दियो अन्तरिम आदेश
-
प्रकाश सपुतको ‘वसन्त’ले कति पायो शो ?
-
कोशी पर्यटन वर्ष २०८२ : लक्ष्य १० करोड खर्च गर्ने, तयारी कस्तो ?
-
तीनकुने घटनाका दोषीमाथि कारवाही गर्न नेविसंघको माग