प्रधानमन्त्री कप : सुदूरपश्चिम प्रदेशस्तरीय छनौट फागुन ११ गतेदेखि हुने

धनगढी । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट बैतडीमा हुने भएको छ ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार फागुन ११ गतेदेखि सुरु हुने प्रतियोगिता बैतडीको दशरथचन्द नगरपालिका–५ सुन्दरखालीस्थित दशरथचन्द क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।
आठ टोली सहभागी रहने प्रतियोगिता दुई चरण— प्लेट र एलाइट— मा खेलाइने छ । फागुन ११ गते सुरु हुने प्लेट च्याम्पियनसिपको उद्घाटन खेलमा बझाङ र दार्चुला आमनेसामने हुनेछन् । त्यसै दिनको अर्को खेलमा डडेल्धुरा र डोटी भिड्नेछन् ।
फागुन १२ गते पहिलो खेलमा दार्चुला र डोटी तथा दोस्रो खेलमा डडेल्धुरा र बझाङ प्रतिस्पर्धा गर्नेछन् । फागुन १३ गते पहिलो खेल दार्चुला र डडेल्धुराबिच तथा दोस्रो खेल बझाङ र डोटीबिच हुने छ । प्लेट च्याम्पियनसिपको विजेता टोली एलाइट कपमा प्रतिस्पर्धा गर्नेछ ।
फागुन १४ गतेदेखि सुरु हुने एलाइट कपको उद्घाटन खेलमा बैतडी र अछाम भिड्नेछन् । अन्य खेलहरू निम्नानुसार हुनेछन् ।
फागुन १५ – प्लेट च्याम्पियन र अछाम
फागुन १६ – बैतडी र प्लेट च्याम्पियन
फागुन १७ – अछाम र कञ्चनपुर
फागुन १८ – कञ्चनपुर र प्लेट च्याम्पियन
फागुन १९ – कैलाली र अछाम
फागुन २० – प्लेट च्याम्पियन र कैलाली
फागुन २१– बैतडी र कञ्चनपुर
फागुन २२ – कैलाली र कञ्चनपुर
फागुन२३ – कैलाली र बैतडी
फागुन २४ गते शीर्ष दुई टोलीबिच फाइनल खेल हुनेछ।
प्रदेशस्तरीय छनौट प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली चयन गरिनेछ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग फुटबलमा आर्सनल विजयी
-
चैती छठ अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदै
-
विदेशी मुद्राको विनिमयदर, कसको मूल्य कति ?
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी