प्रदेश सभाका नवनिर्वाचित सभापतिले लिए शपथ ग्रहण

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका चार विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।
सार्वजनिक लेखा समितिको सभापतिमा माओवादी केन्द्रका अक्कलबहादुर रावल, सामाजिक विकास समितिमा एमालेका धर्मराज पाठक, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र विशेषाधिकार समितिको सभापतिमा नेपाली कांग्रेसकी तुलसी देवकोटा सर्वसम्मत रूपमा चयन भएका थिए ।
यसअघि प्रदेशसभामा चारवटा मात्र विषयगत समिति थिए । तर, भागबन्डा मिलाउनका लागि विशेषाधिकार समिति थप गरिएको थियो। यसअघि निर्वाचित सभापतिहरू मन्त्री बनेपछि तीनवटा समिति लामो समयदेखि नेतृत्वविहीन थिए।
यसअघि विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपाली कांग्रेसका दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा एमालेका वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र सामाजिक विकास समितिमा नेकपा (एकीकृत समाजवादी)की माया पन्त निर्वाचित भएका थिए । विष्टबाहेक अन्य तीन समितिका सभापति मन्त्री बनेपछि ती पद रिक्त भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरबाट ‘अभिमन्यु’को छायांकन सुरु
-
दोस्रो विश्वयुद्धपछिको विश्व व्यापार र नेपालमा यसको प्रभाव
-
हिरासतमा रवीन्द्र र धवलको मेन्युः मिनरल वाटर, स्याउ र काजु
-
राजावादीको उद्दण्डताले नजिकिए गणतन्त्रवादी दल, बुन्दै रणनीति
-
सांसद बोहराको शव भैरहवा ल्याइयो, भोलि पुनः काठमाडौँ लगेर अन्तिम श्रद्धाञ्जलि दिइने
-
जन्मदर्ता नहुँदा मारमा सडक बालबालिका