बैतडीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु
आइतबार, ०४ फागुन २०८१, १८ : ५१

धनगढी । घाँस काट्ने क्रममा बैतडीमा एक महिलाको मृत्यु भएको छ । सुर्नया गाउँपालिका–४ डबराली टाक घर भएकी २३ वर्षीया दिपा बोहरा महराको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको हो ।
आइतबार दिउसो घाँस काट्ने क्रममा वडा नम्बर ४ कै जयसिंया भिरबाट लडेर महराको घटनास्थलमै मृत्यु सुर्नया गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ४ का वडाअध्यक्ष प्रताप सिंह महराले जानकारी दिए । मृतक महिलाका श्रीमान् भारतमा कमाउन गएका छन् । घरमा ८ महिने छोरा एक्लै रहेका छन् । आफन्तले आठ महिने छोराको रेखदेख गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी
-
माल्टामा क्यासियर काम गर्दै आएका सरुनलाई अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा उत्कृष्ट सफलता
-
शुभयात्रा कलेक्सनको आउटलेट विस्तार
-
१० बजे १० समाचार : राप्रपामा स्वतः पद जाने निर्णयदेखि गुणाकरलाई गभर्नरमा रोक्ने प्रयाससम्म
-
बेंगलुरु र पञ्जाबबिचको खेल १४–१४ ओभरको हुने
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए