७५ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
आइतबार, ०४ फागुन २०८१, १७ : ४६

काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फ डीएसपीमा बढुवा भएका ७५ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी वसन्त कुँवरले नवनियुक्त प्रहरी नायव उपरीक्षकहरूलाई फुली लगाइदिएका हुन् ।
माघ २५ मा बढुवा समितिले गरेको सिफारिस अनुसार गृह मन्त्रालयले उनीहरूको बढुवा गर्ने निर्णय गरेको थियो ।
बढुवा हुनेहरूमा २०७० मा इन्स्पेक्टरमा भर्ना भएका अधिकृतहरू छन् । आफ्नो ब्याचमेटहरुमध्ये उनीहरू तेस्रो लटमा बढुवा भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफ्रिकन स्वाइन फिभरले भटाभट बङ्गुर मरेपछि ओसारपसारमा रोक
-
रातोपाटी ब्रिफिङ : ६ महिनाको अवधिमा सरकारको काम जम्मा ४.२ प्रतिशतदेखि यूएईले पाँच हजार नेपाली घरेलु कामदार लैजानेसम्म
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्