बिहीबार, ०८ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बारामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आइतबार, ०४ फागुन २०८१, १७ : ४३
आइतबार, ०४ फागुन २०८१

वीरगन्ज । बारामा ट्रकको ठक्करबाट आइतबार एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– २ स्थित शुभलाभ ट्रेडर्स अगाडि ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक उदित नारायण झाको मृत्यु भएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए । 

पथलैयाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ६ ख २८९५ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ४० प ४१९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको बारा प्रहरीले जनाएको छ । 

यो दुर्घटनामा अर्का एक जना गम्भीर घाइतेसमेत भएको प्रहरी प्रवक्ता सापकोटाले बताए । प्रहरीका अनुसार गम्भीर घाइते भएका जितपुरसिमरा–२ निवासी  उत्पल आचार्यको वीरगन्जस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उनको दाहिने खुट्टा र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । 

दुर्घटनापछि प्रहरीले ट्रक चालक धादिङ गजुरी–६ पोखरी खोला बस्ने सन्दीप भुजेल तथा सहचालक सोही ठाउँका सुशील थापालाई पक्राउसमेत गरेको छ । 

पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरीको हिरासतमा राखी घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बारा प्रहरीले जनायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप