बिहीबार, ०८ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रभु साहले ‘राजनीतिक स्टन्ट’का लागि प्रधानमन्त्रीलाई प्रश्न गरेः बर्तौला

आइतबार, ०४ फागुन २०८१, १७ : ३१
आइतबार, ०४ फागुन २०८१

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सांसद प्रभु साहले प्रधानमन्त्रीको मानमर्दन हुने गरी प्रश्न गरेकाले जवाफ नदिइएको बताएका छन् । 

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले राजनीतिक स्टन्ट र पपुलिष्ट हुनका लागि सांसद साहले प्रधानमन्त्रीको मानमर्दन हुने गरी प्रश्न गरेको आरोप लगाए । 

बर्तौलाले प्रश्न सोध्दा सांसद साहले शोभनीय ढंगले प्रस्तुत नभएको र संसदको नियमावलीको विपरीत प्रश्न सोधको दाबी गरे । यस विषयमा संसदको आगामी कार्य व्यवस्था परामर्श समिति बैठकमा गम्भीरतापूर्वक छलफल गर्ने उनले बताए ।

उनले प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरलाई थप प्रभावकारी बनाइने जिकिर गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप