वाणिज्य बैंकहरूको कर्जा वृद्धि ५.६२ प्रतिशत, कुन बैंकको के छ अवस्था ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/ ८२ को सात महिना (साउनदेखि माघसम्म) मा वाणिज्य बैंकहरूले ५.६२ प्रतिशतले कर्जा वृद्धि गरेका छन् ।
नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको सात महिनामा वाणिज्य बैंकहरूले निक्षेपको तुलनामा कर्जा वृद्धि गरेका हुन् । २० वाणिज्य बैंकहरूको सात महिनाको निक्षेप ४.२१ प्रतिशत वृद्धि हुँदा कर्जा लगानी ५.६२ प्रतिशतले बढेको छ ।
गत असारमा २० वाणिज्य बैंकहरूको कर्जा लगानी ४५ खर्ब ७१ अर्ब रुपैयाँ थियो । पछिल्लो सात महिनामा करिब २ खर्ब ५७ अर्बले बढेर ४८ खर्ब २७ अर्ब पुगेको छ । त्यस्तै बैंकहरूको निक्षेप संकलन पनि ५७ खर्ब ५४ अर्ब रुपैयाँबाट बढेर ५९ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ ।
गत साउनमा बैंकहरूको कर्जा लगानी ४५ खर्ब ७३ अर्ब रुपैयाँ थियो भने निक्षेप संकलन ५७ खर्ब १६ अर्ब रुपैयाँ थियो । चालु आवको भदौमा कर्जा लगानी ४६ खर्ब २६ अर्ब रुपैयाँ थियो भने निक्षेप संकलन ५७ खर्ब ८९ अर्ब रुपैयाँ थियो । त्यस्तै असोजमा पनि कर्जा लगानी ४६ खर्ब ८२ अर्ब रुपैयाँ थियो भने निक्षेप संकलन ५९ खर्ब २२ अर्ब रुपैयाँ थियो ।
कात्तिकमा बैंकहरूको कर्जा लगानी ४६ खर्ब ८० अर्ब हुँदा निक्षेप संकलन ५९ खर्ब ४ अर्ब रुपैयाँ थियो । मंसिरमा बैंकहरूको कर्जा लगानी ४७ खर्ब २२ अर्ब थियो भने निक्षेप संकलन ५९ खर्ब ३७ अर्ब रुपैयाँ रहेको थियो । गत पुसमा बैंकहरूको कर्जा लगानी ४८ खर्ब १६ अर्ब रुपैयाँ रहेको थियो भने निपेक्ष संकलन ५९ खर्ब ८८ अर्ब रुपैयाँ रहेको थियो ।
- कुन–कुन बैंकले वृद्धि गरे कर्जा ?
अघिल्लो महिनाको तुलनामा पछिल्लो सात महिनामा कृषि विकास बैंक, कुमारी, नबिल, नेपाल बैंक, एनआईसी एसिया, प्रभु, सानिमा, एनएमबी, प्राइम कमर्सियल, राष्ट्रिय वाणिज्य, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल इन्भेस्टमेन्ट मेगा र नेपाल एसबीआई बैंकले कर्जा लगानी वृद्धि गर्न सकेका छैनन् ।
एभरेस्ट, ग्लोबल आइएमई, सिटिजन्स्, हिमालयन, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल र सिद्धार्थ बैंकहरूको कर्जा वृद्धिदर निक्षेपको तुलनामा धेरै देखिएको छ ।
ग्लोबल आइएमई बैंकको कर्जा लगानी ४ खर्ब २२ अर्ब रुपैयाँबाट बढेर ४ खर्ब ३१ अर्ब पुगेको छ । निक्षेप पनि ५ खर्ब २२ अर्ब रुपैयाँबाट बढेर ५ खर्ब २९ अर्ब पुगेको छ ।
एभरेस्ट बैंकको कर्जा लगानी २ खर्ब ११ अर्ब रुपैयाँबाट बढेर २ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ, यस्तै निक्षेप २ खर्ब ५७ अर्बबाट बढेर २ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ ।
यसैगरी सिटिजन्स् बैंकको कर्जा लगानी ११ अर्ब रुपैयाँले बढेर एक खर्ब ६८ अर्ब पुगेको छ । बैंकको निक्षेप ९ अर्ब रुपैयाँले बढेर २ खर्ब पुगेको छ । हिमालयन बैंकको कर्जा लगानी ३ अर्ब रुपैयाँले बढेर २ खर्ब ५० अर्ब पुगेको छ । बैंकको निक्षेप ३ अर्ब रुपैयाँले बढेर ३ खर्ब पुगेको छ ।
लक्ष्मी सनराइज बैंकको कर्जा लगानी २२ अर्ब रुपैयाँले बढेर २ खर्ब ८१ अर्ब पुगेको छ । बैंकको निक्षेप १३ अर्ब रुपैयाँले बढेर ३ खर्ब ४७ अर्ब पुगेको छ ।
माछापुच्छ्रे बैंकको कर्जा लगानी १२ अर्ब रुपैयाँले बढेर एक खर्ब ४३ अर्ब पुगेको छ । यस बैंकको निक्षेप ७ अर्ब रुपैयाँले बढेर एक खर्ब ६८ अर्ब पुगेको छ ।
सिद्धार्थ बैंकको कर्जा लगानी १३ अर्ब रुपैयाँले बढेर २ खर्ब १६ अर्ब पुगेको छ । बैंकको निक्षेप भने एक अर्ब रुपैयाँले घटेर २ खर्ब ४३ अर्बमा सीमित भएको छ ।
नबिल बैंकले ४ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा कर्जा लगानीमा पनि ४ खर्ब ११ अर्ब रुपैयाँ गरेको छ ।
एनआईसी एसिया बैंकको निक्षेप र कर्जा दुवै घटेको छ । बैंकको कर्जा ३२ अर्ब रुपैयाँले घटेर २ खर्ब ५२ अर्बमा सीमित भएको छ । बैंकको निक्षेप ५८ अर्ब रुपैयाँले घटेर ३ खर्ब दुई अर्बमा सीमित भएको छ ।
कृषि विकास बैंकले २ खर्ब ७ अर्ब कर्जा लगानी गर्दा निक्षेप संकलन २ खर्ब ५६ अर्ब गरेको छ । कुमारी बैंकले कर्जा लगानी ३ खर्ब एक अर्ब रुपैयाँ गर्दा निक्षेप संकलन भने ३ खर्ब ६१ अर्ब रुपैयाँ गरेको छ ।
- बैंकहरूको सीडी रेसियो ७९.३५ प्रतिशत
पछिल्लो सात महिनामा वाणिज्य बैंकहरूको निक्षेप अनुपात (सीडी रेसियो) ७९.३५ प्रतिशत कायम रहेको छ । बैंकहरूको सीडी रेसियो ८५.७७ प्रतिशतसम्म पुगेको छ ।
बैंकर्स संघले जारी गरेको पछिल्लो सात महिनाको तथ्याङ्क हेर्दा ८५.७७ प्रतिशत भन्दा माथि सीडी रेसियो पुगेको छैन । वाणिज्य बैंकमा ५९ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कर्जा लगानी ४८ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाख्रा चराउँदै गर्दा लडेर मृत्यु
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
राजावादीको विरोधाभास : आपसमा बेमेल तर ज्ञानेन्द्रको नजिक बन्ने होडबाजी
-
उद्योगमा सुरु हुँदै लोडसेडिङ ! के छ प्राधिकरणको तयारी ?
-
मोरङका अधिकांश क्याम्पसमा क्रान्तिकारी विजयी
-
नेपाल बैंकका तीन सञ्चालकको निर्वाचन नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश