शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

गाजाबारे ट्रम्पको प्रस्तावमा जुट्ला त सहमति ?

आइतबार, ०४ फागुन २०८१, १६ : ५२
आइतबार, ०४ फागुन २०८१

तेल अभिभ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबारदेखि पश्चिम एसियाको भ्रमण सुरु गर्दैछन्। यस भ्रमणमा मार्को रुबियोले गाजामा राष्ट्रपति ट्रम्पको प्रस्तावमा सहमति निर्माण गर्ने प्रयास गर्ने बताइएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गाजा पट्टीको नियन्त्रण अमेरिकालाई दिनुपर्ने र अमेरिकाले त्यहाँ पुनर्निर्माण गर्ने सुझाव दिएका थिए। ट्रम्पले अरब देशहरूलाई गाजाबाट विस्थापित मानिसहरूलाई उनीहरूको देशमा बसोबास गर्न पनि आग्रह गरेका छन्। इजरायली प्रधानमन्त्रीले ट्रम्पको प्रस्तावलाई स्वागत गरे, तर अरब देशहरूले यसलाई अस्वीकार गरे।

मार्को रुबियोले गत हप्ता एक अन्तर्वार्तामा ट्रम्पको प्रस्तावको उद्देश्य अरब देशहरूलाई गाजामा शान्ति ल्याउने र इजरायललाई स्वीकार्य हुने योजना ल्याउन दबाब दिनु भएको बताएका थिए । 

 रुबियोले गाजामा हमासको कुनै भूमिका नहुने बताए। उनले हमासलाई निर्मूल पार्न गाजामा सेना पठाउन अरब देशहरूलाई पनि आह्वान गरे। तर उनले गाजामा अमेरिकी सेना पठाउन अस्वीकार गरे। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप