बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभाबाट नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक पारित

आइतबार, ०४ फागुन २०८१, १६ : ४५
आइतबार, ०४ फागुन २०८१

काठमाडौँ । राष्ट्रिय सभाबाट नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ सर्वसहमतिले पारित भएको छ । आइतबार बसेको राष्ट्रिय सभाको बैठकले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ लाई सर्वसहमतिले पारित गरेको हो । 

बैठकमा सरकारको तर्फबाट ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले विधेयक प्रस्तुत गरेका थिए । उक्त विधेयकमाथि सांसदहरूले छलफल गरे । सांसदहरूको छलफलपछि विधेयकलाई उर्जामन्त्री खड्काले पारित गर्न प्रस्ताव प्रस्तुत गरे । प्रस्तावलाई राष्ट्रिय सभाको बैठकले सर्वसहमतिले पारित गरेको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे । 

राष्ट्रिय सभाको अर्को बैठक फागुन ६ गते मंगलबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप