सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

छुटसहित म्याक्सबेस वान वायरलेस इयरबड्स अब इसेवामा

आइतबार, ०४ फागुन २०८१, १६ : ४०
आइतबार, ०४ फागुन २०८१

काठमाडौँ । नेपाली अडियो ब्राण्ड म्याक्सबेस ले आफ्नो पहिलो उत्पादन, म्याक्सबेस वान वायरलेस इयरबड्स बजारमा ल्याएको छ । 

म्याक्सबेस वान वायरलेस इयरबड्समा बाहिरको आवाजलाई कम गर्न ४० डीबीसम्मको एक्टिभ न्वाइज क्यान्सलिङ, चारवटा माइक्रोफोनका साथ एआई कल क्यान्सलिङ र एकदमै स्पष्ट आवाजको लागि १३ एमएम डाइनामिक ड्राइभर जस्ता फिचर रहेको छ ।  

यो इयरबड् एकपल्ट चार्ज गरेपछि ६–८ घण्टासम्म मज्जाले चलाउन सकिन्छ, र पावर डिस्प्ले समेत भएको चार्जिङ केसले ४८ घण्टासम्म ब्याट्री ब्याकअप दिन्छ । यति मात्र नभई यस इयरबड्लाई पानीले पनि नबिग्रिने गरि डिजाइन गरिएको छ । यसमा भएको ट्रान्सपरेन्सी मोड फिचरले बाहिरको आवाज पनि सुनिन्छ । 

यो गेम खेल्ने र संगित प्रेमीलाई अत्यन्त राम्रो प्रोडक्ट साबित भएको छ । साथै यसमा भएको टच कन्ट्रोलको साहयताले भोल्युम बढाउने तथा फोन उठाउन जस्ता कार्यलाई सजिलो बनाएको छ । 

यसको बजारको  मूल्य ३,५०० रुपैयाँ हो, तर अहिले विशेष अफरमा ग्राहकवर्गले १,९९९ रुपैयाँमा नै खरिद गर्न सक्नेछन् । उक्त प्रोडक्टमा ६ महिनाको वारेन्टी, चार्जिङ केबल, इयर टिप्स र म्यानुअल पनि उपलब्ध रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?