शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

क्यूएफएक्सलाई सलोनको प्रश्न : मेरै फिल्मले शो किन पाउँदैन ?

आइतबार, ०४ फागुन २०८१, १६ : ३७
आइतबार, ०४ फागुन २०८१

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो ‘रंगी’ । सलोन बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्मलाई रिलिज समय देखिनै हलले शोमा उपेक्षा गर्दै आएको छ । फिल्मले रिलिजको दिन ६० शो पनि पाएन ।

तर, एकै दिन प्रदर्शनमा आएको अर्को फिल्म ‘दुःखी आत्मा’ले भने दुई सय बढी शो पाएको थियो । नेपालकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले ‘रंगी’लाई शोमा सबैभन्दा हेपेको देखिन्छ । शुक्रबार फिल्मलाई ३६ बढी पर्दामा जम्मा १६ शो दिएको थियो ।

शनिबार र आइतबार काठमाडौँका केही हलमा दर्शक प्रतिक्रिया बुझ्न पुगेका फिल्मका निर्माता एवं अभिनेता सलोन बस्नेत क्यूएफएक्स चेनप्रति असन्तुष्ट देखिए । क्यूएफएक्सले सुरुदेखि नै आफूलाई पेलिरहेको गुनासो गरेका उनले दर्शकले फिल्म रुचाउँदा समेत शो नदिएको बताए ।

‘क्यूएफएक्सले मलाई सुरुदेखि नै पेलिरहेको जस्तो लागिरहेको थियो । मलाई आफ्नो फिल्मप्रति विश्वास भएकोले केही बोलिन’, बस्नेतले भने ‘ललितपुर जिल्लाको एउटा मात्र हल लबिममा मेरो फिल्मको शो नै आउँदैन । बल्लबल्ल एउटा शो आउँछ, त्यो पनि बिहानैको ।’ उनले आफ्नो फिल्मलाई शोको मामलामा हेरिएको  सुनाए ।

चलचित्र विकास बोर्डमा गएर नेपाली र विदेशी सबै फिल्मको बक्सअफिस रिपोर्ट हेर्न समेत चुनौती दिएका छन् । ‘बोर्डमा गएर रिपोर्ट हेरौँ । ‘रंगी’को राम्रो व्यापार छैन, त्यही भएर शो हटायौं भनेर भन्नुहुन्छ भने म तयार छु । तर, मेरै फिल्मलाई चाहिँ शो पुगेन भन्नुहुन्छ । फिल्मले राम्रो गर्दा गर्दै पनि मेरै फिल्मले शो किन पाउँदैन ? मैले कसको के विगारिदिएको छु ?,’ उनले प्रश्न गरे । हलहरूले साथ नदिने हो भने नयाँ निर्माताहरू हतोत्साहित हुने सलोनको भनाइ छ । ‘मैले नेपाली फिल्म बनाइरहेको छु भने नेपालमा व्यापार गर्ने ठाउँ दिनुपर्‍यो नि’ उनले थपे ।

शो नपाएको विषयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दा सलोन भावुक समेत बन्न पुगे । नेपालमै बसेर राम्रो फिल्म बनाउने प्रयास गरेका गरिरहेको बताउका सलोनले आफू ५ वर्षको उमेरदेखि फिल्ममा काम गर्दै आएको समेत बताए । 

सलोनसँग हल ‘भिजिट’मा पुगेका निर्देशक सुरेश न्यौपाने पनि क्यूएफएक्सले शो नदिएको विषयमा आक्रश पाखे । सुरुदेखि नै क्यूएफएक्स चेनले आफूहरूलाई पेलेको बताउँदै उनले भने ,‘ ‘शो पाउन भिख नै मागेको जस्तो भइरहेको छ । पैसा र मिहिनेत हाम्रो गएको छ । हामीले बनाएको फिल्मबाट हल चलिरहेका छन् । तर, हामीले नै शोका लागि भिख मागिरहनु परेको छ ।’ हलले शो नदिने भए फिल्म कहाँ देखाउने ? सुरेशले प्रश्न गरे । बाबु–छोरीबिचको भावनात्मक सम्बन्धको कथामा बनेको फिल्ममा सलोन र नम्रताको अलवा आयुषी ढकालको समेत मुख्य भूमिका छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप