एमाले कांग्रेसको बुई चढेर हिँड्न बाध्य छ : झलनाथ खनाल
आइतबार, ०४ फागुन २०८१, १६ : ३५

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले नेपाली कांग्रेसको बुई चढेर हिँड्न बाध्य भएको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
खनालले एमालेको मुख्य प्रतिद्वन्द्वी कांग्रेस भएपनि उसकै बुई चढेर हिँडिरहेको बताए । उनले विगतमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले पनि त्यही गल्ती गरेको भन्दै अब त्यस्तो गर्न नहुने बताए । उनले क्रान्तिकारी बाटो र अडान लिएर एकीकृत समाजवादी अगाडि बढ्न जरुरी रहेको बताए ।
उनले भने, ‘अहिले नेकपा एमालेको नेतृत्वलाई हेर्नुस् त । एमालेको आखिर मुख्य प्रतिद्वन्द्वी को हो ? कांग्रेस नै हो । तर कांग्रेसको बुईमा चढेर हिँड्न बाध्य छ ।’
खनालले संगठन निर्माण गर्नेकुरालाई ध्यान दिन नसके संघर्षका कुरा अघि बढाउन अप्ठ्यारो हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त
-
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित