भन्सार छलीको मोटरसाइकलसहित एकजना पक्राउ
आइतबार, ०४ फागुन २०८१, १५ : ५७

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका २ बाट गत शुक्रबार भन्सार छली ल्याइएको मोटरसाइकल सहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका १६ चिसापानी घर भई काठमाडौँको थली बस्ने २२ वर्षीय सुजल गुरुङ रहेका छन् ।
गुरुङले चलाई हिँडेको अवस्थामा प्रदेश ३-०२-०२० प ९८ ७९ नम्बरको केटीएम ड्युक मोटरसाइकल फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । अनुसन्धानको सिलसिलामा उक्त मोटरसाइकल विगतमा भन्सार चोरी पैठारी गरी आएको खुलेको थियो ।
यसबारे थप अनुसन्धान एवम् आवश्यक कारबाहीको लागि मोटरसाइकल सहित नियन्त्रणमा आएका गुरुङलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जय बहादुर राउतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू