अभ्यासमा व्यस्त नेपाली महिला खेलाडी, तस्बिरहरू

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सोमबारदेखि दशरथ रंगशालामा ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप–२०२५’ सञ्चालन हुने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) महिला एसिया कप र विश्व फुटबल महासंघ (फिफा) महिला विश्वकपको तयारीका क्रममा यो प्रतियोगिता आयोजना गर्न लागिएको एन्फाले जनाएको छ ।
फिफा इन्टरनेशल विन्डोअन्तर्गत सञ्चालन हुन लागेको यो प्रतियोगितामा नेपालसहित किर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहने जानकारी एन्फाले दिएको छ । यसैबिच नेपालले आइतबार दशरथ रंगशालामा अन्तिम अभ्यास गरेको छ ।
प्रतियोगितामा सहभागी टोलीहरूका लागि सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान र नेपाली सेनाको भद्रकालीस्थित खेल मैदानमा अभ्यासको व्यवस्था गरिएको बताइएको छ ।
नेपालमा पहिलो पटक चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगिताका खेलहरू राउन्ड रोविन लिगका आधारमा खेलाइने पनि एन्फाले जनाएको छ ।
त्यसपछि अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताका खेलहरू दिउँसो २ः०० बजे र साँझ १८ः०० बजे खेलाइने बताइएको छ ।
प्रतियोगिताको तयारी पुरा भइसकेको एन्फाले जनाएको छ । एन्फाका अनुसार, टेलिभिजन प्रसारण, मार्केटिङ, टिकेटिङ र डिजिटल अधिकार ब्रान्ड डिजिटल लजिक प्रालिलाई प्रदान गरिएको छ ।
प्रतियोगिताको टिकट दर साधारण प्यारापिटतर्फ पाँच सय र भीआईपीतर्फ एक हजार रुपैयाँ निर्धारण गरिएको पनि एन्फाले जनाएको छ । एन्फाका अनुसार, प्रतियोगिताको अनुमानित बजेट दुई करोड ५० लाख ५६ हजार एक सय चार रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रकाशिएको वसन्त
-
पञ्चायतकालमै ५ पटक मन्त्री भएका थिए दीपक बोहरा
-
प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा रहेनन्
-
बाटो नै बन्द गरेर त्रिचन्द्र कलेजमा मतदान जारी, तस्बिरहरू
-
बिग बास लिग क्लबले विराट कोहलीको तस्बिर राखेर समर्थकलाई ‘अप्रिल फूल’ बनाएपछि ...
-
प्राधिकरणमा आफूअनुकूल टिम बनाउँदै हितेन्द्र, उच्च व्यवस्थापनको सेट नै परिवर्तन