प्रभु साहको प्रश्नमा प्रधानमन्त्री ओलीको आक्रोश, दिएनन् जवाफ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहले सोधेका प्रश्नमा आक्रोश पोखेका छन् । आइतबार संसदमा भएको प्रश्नोत्तरका क्रममा ओलीले शाहले सोधेको प्रश्नमा आक्रोश पोख्दै जवाफ नदिएका हुन् । ‘उहाँका प्रश्नहरू उहाँको मनमा रहेका विरोध, घृणा, आक्रोश आदिले अपमानजनकसमेत रहेका छन्’, ओलीले भने, ‘संसदजस्तो गरिमामय ठाउँमा यस्तो भाषाले तपाईंलाई के लाभ भयो रे, विदेश पठाएर जस्ता भाषा ? म म्यानपावर कम्पनीको मान्छे हो ?’
उनले आफू सरकारमा आएको ८ महिनाको अवधिमा सबै बेथितिको भएको कुरा नभएको भन्दै साहसँग आक्रोश समेत पोखे । ‘तपाईँले भनेको ७० लाख नेपाली वैदेशिक रोजगारीमा ८ महिनामा गएका हुन् ?’, जङ्गिँदै ओलीले भने ।
ओलीले यस्तो भनेपछि साह आसनबाट उठेर प्रतिप्रश्न गर्न खोजेका थिए । तर, सभामुखले उनलाई रोके । त्यसपछि पनि ओलीले भने आक्रोश पोखिरहे । ओलीले भने, ‘उहाँले गर्नुभएका प्रश्नहरूमा खासै जवाफ दिइरहनु पर्ने छैन । सबै उत्तर आफैँले प्रश्नमा बोकेर आउनुभएको छैन । त्यसकारण धेरै उत्तर दिइरहनु परेन । यहाँलाई धन्यवाद छ ।’
आम जनता पार्टीका अध्यक्ष समेत रहेका साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमा बसिरहने कुनै नैतिकता नरहेको थिए । सत्ता साझेदार दलले नै अध्यादेशमा सहमति जनाउन नसक्ने निर्णय गरिसकेको भन्दै उनले अध्यादेश पारित हुन नसकिरहेको अवस्थामा प्रधानमन्त्री पदमा बसिरहन नैतिकताले नदिने बताएका थिए ।
प्रश्नोत्तरमा १० औँ प्रश्नकर्ताको रूपमा सदनमा खडा भएका उनले ओलीलाई प्रश्नै प्रश्न गरेका थिए । उनले नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता लिनेहरूको सङ्ख्या कति भन्दै प्रश्न गरे । यस्तै उनीहरूको पैतृक सम्पत्ति के कति थियो र अहिले कुन अवस्थामा छ भन्ने उनको अर्को प्रश्न थियो । ‘गैरआवासीय नेपालीका अवैध सम्पत्तिहरुलाई राज्यको स्वामित्वमा ल्याउन तपाइँले के के गर्नुभयो । खुलेयाम हुण्डीबाट ती अवैध सम्पत्तिहरु विदेश लैजाँदा रोक्न नसक्ने सरकारलाई हामीले के भन्ने ? सक्षम या असक्षम ?’, उनको प्रश्न थियो ।
उनले अवैध सम्पत्तिलाई स्वदेश फिर्ता ल्याउने तपाईंको योजना के छ ? भन्ने प्रश्न समेत गरेका थिए । यस्तै युवाहरु वैदेशिक रोजगारीमा रहेको तर उनीहरुले पठाउने रेमिट्यान्स सिधै नआई कालोधनसँग साट्ने काम भएको बताए । ‘आउन त ४० अर्ब रेमिट्यान्स आउनुपर्ने हो। तर यो वर्ष १४ अर्ब मात्रै आउने देखिन्छ । नेपालीले विदेशमा खुन पसिना बगाएको पैसा कालोधनसँग साट्दा प्रम किन चुप छन् ?’, उनले भने ।
उनले सरकारले कर आतंक मच्चाएको, भारतबाट निम्ता नआउँदा पनि भरत भ्रमणमा जान खोजेको भन्दै प्रधानमन्त्रीमाथि प्रश्नहरू समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनका कारण महिला सहभागिता घट्यो : पूर्वराष्ट्रपति भण्डारी
-
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
-
राणा पक्राउ परेको सूचना संघीय संसद् सचिवालयमा
-
ज्ञानेन्द्रलाई काट्यो काठमाडौँ महानगरपालिकाले ८ वटा पत्र
-
एसएसएफबाट ५ वर्षमा १ अर्ब ८३ करोड भुक्तानी
-
ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय