शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

सत्ता साझेदार दलबीच कुनै शंका–उपशंका गर्न जरुरी छैन : ओली

आइतबार, ०४ फागुन २०८१, १५ : ३३
आइतबार, ०४ फागुन २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दलबीच कुनै शंका–उपशंका गर्न जरुरी नरहेको बताएका छन् ।  आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले मुलुकको विकास र समृद्धिलाई निरन्तरता दिई राजनैतिक स्थिरता कायम गर्न अहिलेको सत्तागठबन्धन बनेको भन्दै यसमा शंका–उपशंका गर्न जरुरी नरहेको बताएका हुन् ।

उनले सत्ता साझेदार दलबीच उच्च विश्वास र समझदारी रहेको जिकिर गरे । यसैगरी, उनले हालै जारी अध्यादेश मार्फत आएका नीतिगत र कानुनी सुधारले व्यवसायिक वातावरणमा सुधार आउने तथा लगानी अभिवृद्धि भई आर्थिक गतिविधि बढ्ने उनले विश्वास व्यक्त गरे । 

उनले पार्टी फुटाउनका लागि यसअघि अध्यादेश ल्याउने दलले अध्यादेशको विरोध गर्नु उचित नहुने जिकिर गरे । कुनै पार्टी र कसैको पार्टी फुटाइदिने र जोडिदिने आफ्नो नभएको उनको भनाइ छ । अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्न, विकास निर्माणका गतिविधिलाई तिब्रता दिन, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उहाले बताए । 

आवधिक योजनाको लक्ष्य अनुरुप हरेक वर्ष नीति तथा कार्यक्रम एवं बजेटमा पनि यस्ता आयोजनामा उल्लेखनीय बजेट विनियोजन गरी आयोजना कार्यान्वयनमा संलग्न निकायहरूलाई क्रियाशिल बनाइएको उनले बताए । 

उनले जयनगर–जनकपुर–कुर्था–विजयपुरा यात्रुबाहक रेलसेवा दैनिक संचालन भएको भन्दै थप विजयपुरा–बर्दिबास सम्मको १७ किलोमिटर खण्डमा भारतीय सरकारको सहयोगमा छिट्टै निर्माण प्रक्रिया अघि बढ्ने जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप