प्रतिघण्टा ६१ हजार किमीको गतिमा पृथ्वीतिर आइरहेको छ एउटा उल्कापिण्ड

वासिङटन डीसी । एउटा उल्कापिण्डले पृथ्वीमा ठुलो विनाश निम्त्याउन सक्छ । पछिल्लो समय एउटा उल्कापिण्ड पृथ्वीका लागि ठुलो खतरा बन्दै गएको वैज्ञानिकहरूले चेतावनी दिइरहेका छन् ।
वैज्ञानिकहरूले सबैभन्दा शक्तिशाली टेलिस्कोपबाट यसमाथि नजर राखिरहेका छन् । २०२४ वाईआर४ नाम दिइएको उक्त उल्कापिण्ड भवनको आकारको छ । यसले प्रतिघण्टा ६१ हजार किलोमिटरको दरमा यात्रा गरिरहेको छ ।
यसलाई नासाको एस्टेरोइड टेरेस्ट्रियल–इम्प्याक्ट लास्ट अलर्ट सिस्टम (एटलास)ले २०२४ मा पत्ता लगाएको थियो । नासाले निगरानी गर्ने उल्कापिण्डको सूचीमा यो सबैभन्दा माथि छ । २०३२ को डिसेम्बरमा पृथ्वीसँगको उल्कापिण्ड ठोक्किने सम्भावना करिब २ प्रतिशत छ । हालको हिसाबमा ४३ पटकमा यो एक पटक पृथ्वीसँग ठोक्किने सम्भावना छ । यसलाई ध्यानमा राख्दै नासाले ठुलो कदम चालेको छ । युरोपेली अन्तरिक्ष एजेन्सी (इसा)को ब्लग पोस्ट अनुसार यसबारे अध्ययन गर्न अन्तर्राष्ट्रिय खगोलविद्हरूको टोलीलाई जेम्स वेब स्पेस टेलिस्कोपको आपत्कालीन प्रयोगको अनुमति दिइएको छ ।
यो उल्कापिण्ड ४० देखि ९० मिटर फराकिलो छ । यो भनेको कुनै ठुलो भवन जत्तिकै हो । यसको व्यास लगभग ५५ मिटर छ । यो पिसाको ढल्किएको टावरको उचाइ बराबर हो । कुनै समय पृथ्वीमा डायनासोरहरू थिए । तर चिक्सुलब उल्कापिण्डले यिनीहरूलाई पूरै नष्ट गरिदियो । लाइभ साइन्स रिपोर्ट अनुसार, २०२४ वाईआरएफ चिक्सुलब उल्कापिण्ड जस्तो विनाशकारी हुनेछैन । तर यसले टुंगुस्का उल्कापिन्डले जत्तिकै क्षति पुर्याउन सक्ने बताइएको छ । सन् १९०८ मा खसेको यो उल्कापिण्डले साइबेरियाको जंगलमा करिब ८ करोड रूखहरू ढालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत चिकित्सक र मन्त्रालयबिच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
-
चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
-
गोरु तस्करी प्रकरणमा भइरहेका छानबिनमाथि प्रदेश प्रहरी कार्यालयले निगरानी गर्दै
-
राजेशकाशी श्रेष्ठको ‘व्यक्तित्व योगदान’ पुस्तक लोकार्पित
-
पूर्वराजाको आह्वानले जनता सडकमा उत्रिन सक्ने अवस्था निम्तिएको छ : अध्यक्ष थापा
-
पशुपति जलहरी प्रकरण : अख्तियारद्वारा सर्वोच्च अदालतमा पुनरावेदन