प्रधानमन्त्रीले भ्रष्टाचारीलाई मृत्युदण्ड दिन मिल्दैन भन्दा सांसदले ठोके टेबल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई अहिलेकै कानुनी व्यवस्थाअनुसार मृत्युदण्ड दिन नमिल्ने बताएका छन् । आइतबार संसदमा भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा सांसद प्रेम सुवालले भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने विषयमा उठाएको प्रश्नमा जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।
कानुनले गरेको फैसला कहिलेकाहिँ कमजोरी पनि हुन सक्ने भन्दै ओलीले तर मृत्युदण्ड नै समस्याको समाधान नभएको पनि बताए । उनले यसो भन्दा सांसदहरुले टेबल समेत ठोकेका थिए । ‘कानुनले गरेको फैसला मान्छेले नै गर्ने हो । कहिलेकाहिँ प्रमाण नपुगेको हुनसक्छ, प्रमाण फरक ढंगले देखिएको हुनसक्छ । र, फैसला उपयुक्त नहुनपनि सक्छ’, ओलीले भने, ‘मृत्युदण्ड नै दिइसकेपछि त त्यो फैसला सच्याउन सकिँदैन । कसैलाई ज्यान दिन सकिन्दैन भने कसैको ज्यान लिन पनि हुँदैन ।’ त्यसकारण ज्यान लिने भन्दा पनि मानवतावाद कानुनसम्मत समाज शासन व्यवस्थामा जोड दिनुपर्नेमा जोड दिए । अरुको ज्यान लिने काम सही हो भन्न नसकिने समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भामती : स्त्री रहस्यको एक उदाहरण
-
मस्तिष्कघात सम्बन्धी दुइदिने ‘मास्टर क्लास’ सम्पन्न
-
राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा तानातान भयो : अध्यक्ष प्रचण्ड
-
पत्रकार हत्याको विरोधमा सर्लाहीमा प्रदर्शन
-
गणतान्त्रिक शासन व्यवस्था कायम रहन्छः सभापति देउवा
-
तिनकुने हिंसामा निधन भएका पत्रकार सुरेश रजकलाई सहीद घोषणा गर्न परिवारको माग