दोस्रो प्रश्नमा ओलीको जवाफ : के–के भने ?

काठमाडौँ । प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा दोस्रो प्रश्नको रूपमा सांसद प्रतीक्षा तिवारीले मधेस प्रदेशका राष्ट्रिय गौरवको आयोजनाका सम्बन्धमा प्रश्न गरेकी छन् । उनले हालको तथ्यांकअनुसार समय सीमाभित्र कतिपय आयोजनाको प्रगति नभएको देखिएको भन्दै यस सम्बन्धमा उठेको समस्याको समाधानका विषयमा प्रश्न गरेकी थिइन् । यस्तै चुरेको समस्याका विषयमा पनि उनले प्रश्न गरेकी थिइन् ।
उनको प्रश्नमा प्रधानमन्त्रीको जवाफ यस्तो छ:
प्रश्न नं. २ को जवाफ
१.तराई मधेसमा रहेका एवं त्यहाँका नागरिक लाभान्वित हुने आयोजनाहरूलाई सरकारले सधैँ प्राथमिकतामा राखेको छ। यी आयोजनाहरूले तराई(मधेस क्षेत्र मात्र नभएर समग्र देशको आर्थिक एवं सामाजिक विकासमा योगदान पुर्याउने भएकोले देशकै राष्ट्रिय गौरवका आयोजनाहरू हुन्। सोह्रौँ योजनामा यी आयोजनालाई प्राथमिकताका साथ समावेश गरिएको छ। आवधिक योजनाको लक्ष्य अनुरूप हरेक वर्ष नीति तथा कार्यक्रम एवं बजेटमा पनि यस्ता आयोजनामा उल्लेखनीय बजेट विनियोजन गरी आयोजना कार्यान्वयनमा संलग्न निकायहरूलाई क्रियाशील बनाइएको छ।
जयनगर–जनकपुर–कुर्था–विजयपुरा ५२ किलोमिटर रेलवेको निर्माण कार्य सम्पन्न भई यात्रुवाहक रेल सेवा दैनिक सञ्चालन भएको छ। जयनगर(जनकपुर हरेक दिन ३ पटक र जनकपुर(विजयपुरा दिनको १ पटक आउने–जाने गरी रेल सेवा दिइएको छ। थप विजयपुरा–बर्दिबास सम्मको १७ किलोमिटर खण्डमा भारतीय सरकारको सहयोगमा छिट्टै निर्माण प्रक्रिया अघि बढ्दैछ।
काठमाडौँ–तराई मधेस द्रुत मार्गलाई शीघ्रताका साथ सम्पन्न गर्न नेपाली सेनालाई यसको जिम्मेवारी तोकिएको छ। यस आयोजना लाई छिटो सम्पन्न गर्ने सम्बन्धमा सम्बद्ध निकायका उच्च पदाधिकारीहरूसँग पटक पटक छलफल गरी तीव्रताका साथ कार्यान्वयन गरेको छु। यस आयोजनाको हालको भौतिक प्रगति ३७.६ प्रतिशत रहेको छ।
सुनकोसी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको निर्माण सम्पन्न भई हाल हेडवर्क्स र पावरहाउस लगायतका संरचना निर्माणको काम अघि बढेको छ। हाल यसको भौतिक प्रगति ३५.१८ प्रतिशत रहेको छ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले ठुलो लगानीको माग गर्दछ। त्यस योजनाको लगानीको व्यवस्थापन गरी निर्माण कार्य अगाडि बढाउन सरकार सकारात्मक छ।
२.चुरेको भू–बनोट, माटोको प्रकृति, जैविक विविधतामा ह्रास र छोटो समयमा सघन वर्षा आदि कारणले यो क्षेत्र अति संवेदनशील छ। चुरे क्षेत्र र तराई मधेसमा देखिएको पानीको समस्या समाधानका लागि सुरुवाती चरणबाटै राष्ट्रपति चुरे संरक्षण कार्यक्रम मार्फत पानीका स्रोतको संरक्षणका विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आइरहेका छन्। हालसम्म ६ सय ५७ वटा भूमिगत जल पुनर्भरण, पोखरी निर्माण तथा संरक्षण, १ सय ५९ वटा तालतलैया तथा सिमसार व्यवस्थापन, १ सय ७६ वटा, ७६ वटा जल पुनर्भरण एवं संरक्षण पोखरी निर्माण, ५ सय ४८ वटा पानी मुहान संरक्षण तथा कुवा उत्खनन लगायतका कार्य सम्पन्न गरिएको छ। चुरेको संरक्षण गरी वातावरण संरक्षण, खानेपानीको आपूर्ति व्यवस्थापन जस्ता जनतासँग प्रत्यक्ष सम्बन्धित रहेका विषयमा सरकारले उच्च प्राथमिकता दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमरान अकमल भन्छन्– ‘पाकिस्तानको च्यामिपयन्स ट्रफी खेल्ने स्तर नै छैन’
-
जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य मानव सेवा : राष्ट्रपति
-
सातामा नेप्से ६५.२७ अंकले वृद्धि, पुरानै लयमा फर्किएला ?
-
फिल्म ‘११: ५५’ को पहिलो गीत ‘रोक्ने छैन’ सार्वजनिक
-
ट्रम्प भन्छन्-अतिरिक्त महसुलको धम्कीले ब्रिक्स तितरबितर भयो
-
तस्बिरमा हेर्नुहोस् नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक