गर्भवती बनाएर कैदमा राखेको महिलाको आरोपमा यस्तो भन्छन् मस्क

क्यालिफोनिर्या । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला र अन्तरिक्ष अन्वेषण कम्पनी स्पेश एक्सका मालिक एलन मस्क पछिल्लो समय दिनहुँ जसो हेडलाइनमा छाइरहेका छन् । यस पटक पुनः उनी हेडलाइनमा छन् । तर यसको कारण नयाँ प्रविधि वा उनका कम्पनीहरू नभएर उनको ‘लभ स्टोरी’ हो ।
हालै इन्फ्लुएन्सर तथा लेखक एश्ले सेन्ट क्लेयरले आफूले मस्कको १३ औं सन्तानलाई जन्म दिएको दाबी गरेकी थिइन् । न्यूयोर्क पोष्टलाई दिएको एउटा अन्तरवार्तामा उनले आफूहरूको सम्बन्धलाई पूरै गोप्य राखिएको र मस्कले यसबारे कसैलाई भन्न बर्जित गरेको उनले बताएकी थिइन् । क्लेयरका अनुसार मस्कले २०२३ मा आफूलाई माइक्रोब्लगिङ वेबसाइट एक्समा म्यासेज गरेका थिए ।
कुराकानी बढेर दुवैले सम्बन्ध समेत बनाएको उनको भनाइ छ । केही महिना अघि मात्रै क्लेयर गर्भवती भइन् । तर यो खबर बाहिर फैलियोस् भन्ने कुरा मस्क चाहँदैन थे । गर्भवती भएपछि आफूले कैदी जस्तो जीवन बिताएको क्लेयरको भनाइ छ । मस्कले आफ्नो लागि विलासी अपार्टमेन्टको व्यवस्था मिलाइदिएको र उच्च सुरक्षा व्यवस्था भएपनि भावनात्मक सपोर्ट चाँहि नभएको उनले बताइन् ।
गोपनियता कायम गर्न मस्कको वित्तीय सल्लाहकार जेरेड बिर्चलले बच्चाको जन्म प्रमाणपत्रमा मस्कको नाम नहाल्न भनेको उनको भनाइ थियो । क्लेयरले यस्तो दाबी गरेपछि सामाजिक सञ्जालमा हङ्गामा मच्चिएको थियो । यस मामिलामा मस्क चुप रहँदा उनको मौनताबारे मान्छेहरूले प्रश्न उठाइरहेका थिए । यसको जवाफमा मस्कले एक्समा ‘ओहो !’ मात्रै लेखेका छन् । यो पोष्टमा बच्चाको पिता मस्क भएको दाबी क्लेयरले गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा केपी ओली कप क्रिकेट हुने, विजेतालाई १० लाख
-
राजावादीहरूको हिंसात्मक आन्दोलनको विरोधमा नेविसंघको प्रदर्शन
-
पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु
-
सुरु भयो एनएसएल : सुरुवाती खेलमा नै रोमाञ्चक बराबरी (तस्बिरहरू)
-
पाकिस्तानमा तालिबानविरुद्धको ड्रोन आक्रमणमा ११ जनाको मृत्यु
-
कैलालीमा भारतीय दर्शनार्थी चढेको ट्याक्टर दुर्घटना, एक बालकको मृत्यु