शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

फिल्म ‘११ः५५’को टिजरमा रोमान्स, धोका र बदला

आइतबार, ०४ फागुन २०८१

काठमाडौँ । अगामी चैत्र ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को अफिसियल टिजर सार्वजनिक भएको छ । सार्वजनिक १ मिनेट ३४ सकेण्ड लामो टिजरले फिल्मको कथावस्तु प्रकाश पार्छ । लभ, रोमान्स, धोका र बदलाको रहस्यले भरिपूर्ण कथामा फिल्म बनेको टिजरले बुझाउँछ ।

निर्माण टिमले टिजरको सुरुवातमा नै सावधान भन्दै सूचना राखेको छ । जसमा लेखिएको छ, ‘यो टिजर पूर्वावलोकन मात्र ती दर्शकहरुका लागि स्वीकृत गरिएको छ, जसलाई फिल्म रोमाञ्च र रहस्य मनपर्छ ।’

फिल्ममा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेव्यु अभिनेता सागर खनालको अभिनय छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । पाण्डेको यो निर्देशनमा डेब्यु फिल्म हो ।

अलल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्ममा रामशरण उप्रेतीको छायांकन, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्लको प्रोडक्सन डिजाइन रहेको छ । 

विचित्र फिल्मस् र गुड जब आट्र्सको व्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । फिल्मको कार्यकारी निर्माता एमएस अग्रज हुन् भने फिल्मलाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया