माओवादीले १२३ स्थानीय तहलाई नमुना पालिकाका रूपमा विकास गर्ने
_mmq79Cg8IQ.jpg)
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा(माओवादी केन्द्र)ले आफूले जितेको स्थानीय तहलाई नमुनाको रूपमा विकास गर्ने गरी तयारी थालेको छ । भर्खर सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार माओवादीले फागुन १० गते काठमाडौँमा जनप्रतिनिधिहरूको राष्ट्रिय भेला बोलाएको हो ।
२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा माओवादीले पालिका प्रमुख/अध्यक्ष १२३ र उपप्रमुख/उपाध्यक्ष १३० स्थानमा जितेको थियो । स्थानीय सरकार जनताका सुख–दुःखसँग प्रत्यक्ष जोडिने हुँदा आफूले जितेको पालिकाका जनताका पिरमर्का बुझ्ने, गुनासा सुन्ने, सेवा सुविधा चुस्त दुरुस्त बनाउने र समग्रमा नमुना पालिका बनाउने उद्देश्य रहेको उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिए । केन्द्रीय कार्यालयको व्यवस्थापनमा हुन लागिएको अभिमुखीकरण भेलामा प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षसहित सम्बन्धित पालिका अध्यक्षहरू सहभागी हुने उनले बताए ।
‘हामीले जितेका पालिका प्रमुख/उपप्रमुखहरूको भेला केन्द्रीय समिति बैठकको निर्णय अनुसार बोलाइएको हो । यसको व्यवस्थापन केन्द्रीय कार्यालयले गर्छ । जनतासँग प्रत्यक्ष सरोकारसँग जोडिएको सरकार भएकाले माओवादीले जितेका पालिकालाई नमुनाको रूपमा विकास गर्न, जनताका काम कारबाही प्रभावकारी बनाउने स्थानीय तहबाट नै समाजवादको प्रत्याभूति दिलाउने उद्देश्य रहेको छ । स्थानीय सरकारमा बसेर काम गर्दाका अप्ठ्यारा, जनताका गुनासा, अपेक्षा लगायत समस्या समाधानका उपाय खोज्ने गरी जनप्रतिनिधिलाई प्रशिक्षण दिइन्छ’, उनले भने ।
यसै गरी माओवादीले नजितेका पालिकामा भएका बदमासी, भ्रष्टाचार, ढिलासुस्ती लगायत विषयमा प्रभावकारी उपस्थित हुने गरी तयारी गरिएको पोखरेलले बताए । यही मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनमा माओवादीले अघिल्लो पटक जितेको ८ स्थानमध्ये पाँच पद गुमाएर एक पालिका अध्यक्षसहित थप ८ पद जितेको थियो ।
माघ २७ गते माओवादीले जारी गरेको परिपत्रमा स्थानीय पालिकाका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला गरी स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम फागुन १० गते काठमाडौँमा आयोजना गरिने उल्लेख गरिएको थियो । भेलामा पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र सम्बन्धित पालिकाका पार्टी अध्यक्षहरूको सहभागिता रहने परिपत्रमार्फत जानकारी गराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्
-
एनआरएनएको विदेशका शाखामा निर्वाचन गराउन घलेले तोके कुँवरलाई कमाण्डर
-
१० बजे १० समाचार : केआईआईटी प्रकरणमा कूटनीतिक पहल जारी, ज्ञानेन्द्र शाहको सन्देशले राजावादी उत्साहित