प्रधानमन्त्रीसँग प्रश्नोत्तर सुरु, १० सांसदले टिपाए नाम
आइतबार, ०४ फागुन २०८१, १४ : ०१

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर सुरु भएको छ। प्रश्नोत्तरका लागि १० जना सांसदले नाम टिपाएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
यस्तै प्रश्नोत्तरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तरमा स्पष्टीकरण सोध्ने व्यवस्था नभएको पनि घिमिरेले सुरुमै जानकारी दिए ।
साथै प्रधानमन्त्रीसँग प्रश्न गर्ने सांसदहरुले १ मिनेटभित्र आफ्नो प्रश्न राखिसक्नुपर्ने पनि उनले बताए ।