सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्नुपर्नेमा सांसद कंसाकारको जोड
आइतबार, ०४ फागुन २०८१, १३ : ५६

काठमाडौँ । रास्वपा सांसद विन्दवासिनी कंसाकारले सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिएकी छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालमा हरेक वर्ष हजारौँको संख्यामा नागरिकहरू जलनबाट पीडित हुने गरेको भन्दै सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिएकी हुन् । आवश्यक स्रोतसाधन दक्ष जनशक्ति तथा आपत्कालीन उद्धार प्रणालीमा नेपाल सरकारको ध्यानाकर्षण हुनुपर्ने उनको भनाई थियो ।
त्यस्तै उनले सदनमा जलनसम्बन्धी गैर सरकारी विधेयक दर्ता गरेको भन्दै जलन विधेयक पारित गर्न आग्रह गरिन् । कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपालमा जलन अस्पताल बनाउने निर्णय भए पनि यसमा कसैको ध्यान नगएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द्वारिकादेवी ठकुरानी : प्रथम महिला उपमन्त्री जसलाई बीपीले घरमै पठाइदिएका थिए टिकट
-
कांग्रेसको स्पष्टीकरण पत्रपछि मन्त्री रायको असन्तुष्टि – राजनीतिक पूर्वाग्रह राखियो
-
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हब बनाउन मुख्यमन्त्रीको प्रस्ताव
-
‘ग्रे–लिस्ट’ मा परेसँगै लगानी आउँदैन, अब मध्यावधिमा गएर देशलाई निकास दिनुपर्छ’
-
‘अहिले अर्थतन्त्रमा ग्रहण लागेको छ, ग्रे–लिस्टबाट बाहिर ल्याउन सरकार गम्भीर हुनुपर्छ’
-
कुम्भमेलाबाट फर्किएका चार नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु, छ जना घाइते