राप्रपा सांसदले राष्ट्रियसभालाई वृद्धाश्रम भनेको भन्दै आपत्ति
आइतबार, ०४ फागुन २०८१, १३ : ५२

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेको भन्दै आपत्ति जनाएकी छन् ।
आइतबारको सभाको बैठकमा बोल्दै राईले प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राष्ट्रिय सभालाई केही दिनको पाहुना र वृद्धाश्रम भन्नुभएको भन्दै आपत्ति जनाएकी हुन् ।
उनले भनिन्, ‘प्रतिनिधि सभाको सदस्य ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम र दुई दिनको पाहुना भनी राष्ट्रिय सभा विशेष अधिकारको हनन भएको छ । उक्त भनाइप्रति म खेद प्रकट गर्दछु । साथै यो सम्मानित सभाले खेद प्रस्ताव पारित गरियोस् र सरकारको जवाफ माग गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा सवारी दुर्घटना, एकको मृत्यु, छ जना घाइते
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
मेनपावर कम्पनीले वार्षिक १०० जना कामदार विदेश पठाउनै पर्ने प्रावधान हट्यो
-
जनमत र नागरिक उन्मुक्ति पार्टीबिच एकता घोषणा आज
-
सत्तारुढ दलको बैठक आज बस्ने, के छन् छलफलका एजेन्डा ?
-
भौतिक मन्त्रालयको आगामी बजेट : नयाँ आयोजना नराख्ने, कति पाए फास्ट ट्र्याक र रेलले ?