हात्तीपाइले रोगविरुद्ध बाँके जिल्लामा औषधी सेवन कार्यक्रम सञ्चालन गरिँदै

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागिका बाँके जिल्लामा औषधी सेवन कार्यक्रम सञ्चालन गर्ने भएको छ । फागुन ५ गते बाँके जिल्लाको नेपालगन्ज उप–महानगरपालिका र फागुन ७ गते डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकाको वडा नं. ४ मा मात्र हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम सञ्चालन हुने भएको हो ।
स्वास्थ्य मन्त्रालयले यस अभियानमा सहभागी भई हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गरिदिन त्यहाँका नागरिकलाई आग्रह गरेको छ ।
हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान सञ्चालन गरिएका इन्डेमिक जिल्लाहरूमध्ये ५६ जिल्लामा यो अभियान बन्द गरिसकिएको छ ।
तर बाँके जिल्लाको नेपालगन्ज उप–महानगरपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँ पालिकाको वडा नं ४ मा १३ पटक सम्म पनि औषधी खान योग्य व्यक्ति सबैले औषधी नखाइदिनाले र सङ्क्रमण मूल्याङ्कन सर्वेमा रगत जाँच गरी हेर्दा यहाँ समुदाय स्तरमा रोगको सङ्क्रमणको दर लक्ष्य अनुसार नघटेकाले यी पालिकाहरूमा पटक पटक औषधी सेवन अभियान जारी गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
सर्लाहीमा बढेन चैते धानको खेती
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?
-
आज देशभर अक्षय तृतीया पर्व मनाइँदै
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा पीएसजी विजयी, आर्सन पर्यो दबाबमा