कार्यव्यवस्था परामर्श बैठक, प्रतिनिधिसभाको पाक्षिक कार्यतालिका पारित

काठमाडौँ । कार्य व्यवस्था परामर्श समितिका बैठकले प्रतिनिधि सभाको पाक्षिक कार्य तालिका पारित गरेको छ । आइतबार बसेको समितिको बैठकले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर प्रभावकारी बनाउने निर्णय समेत गरेको छ ।
प्रश्न सोध्दा एक जना सांसदले धेरै प्रश्न राख्ने र लामो भूमिका राख्ने गरिएकोमा अबदेखि बढीमा २ प्रश्न वा एक मिनेटभित्र राखिसक्ने गरी सहमति बनेको छ । बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरू बोल्ने र हिँड्ने प्रवृत्ति बढेको भन्दै संसद् चलेको अवस्थामा पूरा समय दिनुपर्ने बताए ।
‘जरुरी बाहेकका काममा संसद् चल्न बाहिर समय नदिऔँ । संसद् बैठकको अन्तिममा चाहिँ गणपूरक संख्या मात्रै पुर्याउने जस्तो भएको छ । यो ठिक भएन’, सभामुख घिमिरेले भने, ‘माननीयहरूलाई समय तय गर्न सहज होस् भनेर कार्य तालिका बनाएका छौँ । तर उपस्थितिमा सुधार आएन ।’
सांसद तारा लामाले सांसदहरूले कुन समय कुन प्रयोजनका लागि भन्ने बुझ्न नसकेको भन्दै कुन कुरा शून्यमा, कुन विशेषमा र कुन आकस्मिक भन्ने बुझ्नुपर्ने बताए । उनले प्रमुख सचेतकले वा संसद् सचिवालयले यसबारे बुझाइदिनुपर्ने भन्दै आफूलाई मन लागेको बेला जुनसुकै समयमा बोल्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको विदेशका शाखामा निर्वाचन गराउन घलेले तोके कुँवरलाई कमाण्डर
-
१० बजे १० समाचार : केआईआईटी प्रकरणमा कूटनीतिक पहल जारी, ज्ञानेन्द्र शाहको सन्देशले राजावादी उत्साहित
-
भारतको मध्य प्रदेशमा प्रहरीसँगको मुठभेडमा ३ नक्सलवादी मारिए
-
प्रकृति लम्सालको शव भैरहवास्थित घर ल्याइयो
-
उडिसाबाट घर फर्किएका नेपाली विद्यार्थीको पीडा : ‘हामीलाई आतंककारीझैं व्यवहार गरियो’
-
‘विचार’ तेस्रो संस्करण लोकार्पण